Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

सहकारी ठगी प्रकरणले प्रतिनिधि सभाको बैठक अवरुद्ध


1.2K
Shares

सहकारी ठगी प्रकरणले प्रतिनिधि सभाको बैठक अवरुद्ध

काठमाडौ, ११ जेठ । सहकारी ठगी प्रकरणलाई लिएर नेपाली कांग्रेस लगायत विपक्षी दलले विरोध जनाएपछि प्रतिनिधि सभाको आजको बैठक पनि अवरुद्ध भएको छ ।

शुक्रबार प्रतिनिधि सभाको बैठक शुरू हुने वित्तिकै कांग्रेस लगायत विपक्षी दलका सांसदले विरोध जनाएका थिए। सभामुख देवराज घिमिरेले पटकपटक आफ्नो स्थानमा बसेर सहयोग गर्न आग्रह गरेका थिए ।

विपक्षी सांसदले भने आफ्नो माग सुनुवाइ नहुँदासम्म विरोध यथावत रहने जनाएका थिए। उनीहरूले आ–आफ्नो स्थानबाट उभिएर विरोध जारी राखेपछि सभामुख घिमिरेले शुक्रबारको बैठक स्थगित गरेका छन्। प्रतिनिधि सभाको अर्को बैठक जेठ १३ गते बिहान ११ बजे बस्नेछ ।

सहकारी ठगी प्रकरणमा उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने संलग्न रहेको जनाउँदै कांग्रेस संसदीय छानबिनको माग गरेको छ। संसदीय छानबिन समिति गठन गर्न सत्तापक्ष र विपक्षी दल सहमत भइसकेका छन् ।

यसका लागि गठन गरिएको कार्यदलमा भने सहमति जुट्न सकेको छैन । संसदीय छानबिन समितिको कार्यक्षेत्र तोक्दा गृहमन्त्री लामिछानेको नाम राख्नुपर्ने कांग्रेसको भनाइ छ भने व्यक्ति विशेषको नाम राख्न नहुने सत्तापक्षको अडान छ। जसले गर्दा एक सातादेखि कार्यदलमा सहमति जुट्न सकेको छैन ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology