Nagarik Sawal

२०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

गोरखाको सहिद लखन गाउँपालिकाले भुकम्पले जोखिमयुक्त बनेका संरचना भत्काउन निर्देशन


3K
Shares

गोरखाको सहिद लखन गाउँपालिकाले भुकम्पले जोखिमयुक्त बनेका संरचना भत्काउन निर्देशन

गोरखा, ११ जेठ । गोरखाको सहिद लखन गाउँपालिकाले विनासकारी गोरखा भुकम्पबाट जोखिमयुक्त बनेका घर तथा संरचना तत्काल भत्काउन निर्देशन दिएको छ । पालिका भित्र भुकम्पलगायत अन्य सवै प्रकारका विपद्का कारण भौतिक संरचनामा क्षति पुगी जोखिमयुक्त बनेका संरचना भत्काउन बाँकी रहेको पाइएपछि गाउँपालिकाले त्यस्ता सवै जोखिमयुक्त संरचना भत्काउन निर्देशन दिएको पालिका अध्यक्ष रमेशबाबु थापामगरले जानकारी दिनुभयो ।

‘‘नेपाल सरकार वा अन्य निकायबाट अनुदान प्राप्त गरेका कतिपय घरघनीले पनि अझैसम्म जोखिमयुक्त संरचना भत्काउन बाँकी रहेको पाइयो, उहाँले भन्नुभयो, ‘‘त्यसले क्षतिको थपजोखिम बढाउने भएकाले भत्काउन बाँकी रहेका सवैलाई जोखिमयुक्त संरचना हटाउन भनेका छौँ ।’’

विसं २०७२ साल वैशाख १२ गते गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको भुकम्पले क्षति पुगेका जोखिमयुक्त संरचना भत्काउन र नयाँ सरंचना निर्माणका लागि सरकारले तीन लाख रुपैया अनुदान उपलब्ध गराएको थियो । तर पालिका भित्र अनुदान लिएका कतिपय लाभग्राहीले अझैपनि जोखिमयुक्त संरचनामा समेत बस्दै आएका छन् ।

गाउँकार्यपालिकाले वैशाख २६ गते बसेको बैठकले पालिका भित्रका जोखिमयुक्त संरचना हटाउने निर्णय गरेको थियो । निर्णय अनुसार मंगलबार पालिकाले सार्वजनिक सूचना निकालेर निर्देशन समेत दिएको छ । गाउँपालिकाले भत्काउन बाँकी रहेका जोखिमयुक्त संरचना एक महिनाभित्रमा हटाउन अनुरोध गरेको हो ।

‘‘जोखिमयुक्त संरचना जतिबेला पनि खस्नसक्ने, झर्नसक्ने जोखिम बढी हुन्छ, अध्यक्ष थापामगरले भन्नुभयो, ‘‘यस्तो अवस्थामा मानवीय तथा अन्य भौतिक क्षति हुनसक्ने भएकाले समयमा नै सर्तकता अपनाउनका लागि पालिकाले जोखिमयुक्त संरचना हटाउने निर्णय गरेको हो । ’’

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology