Nagarik Sawal

२०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

आजदेखी गोरखाको गोरखनाथमा २१औं सवालाख रोट महोत्सव सुरु


1.8K
Shares

आजदेखी गोरखाको गोरखनाथमा २१औं सवालाख रोट महोत्सव सुरु

गोरखा, १० जेठ । गोरखा सदरमुकामको गोरखनाथमा आजदेखी २१औं रोट महोत्सव सुरु भएको छ । २० गतेसम्म हुने रोट महोत्सव सुरु भएको सिद्वाश्रम शक्ति केन्द्र नेपालका रामजी अधिकारीले जानकारी दिनुभयो ।

महोत्सव स्थल गोरखनाथ मन्दिर परिषरमा आवश्यक सामाग्रीहरु पुगिसकेको उहाँले बताउनुभयो । ‘रोटको लागि आवश्यक चालमको पिठो, ध्यू तथा मरमसला सबै आई सकेको छ’ उहाँले भन्नुभयो ‘गुरु गोरखनाथको लागि आवश्यक चौरासी ब्यन्जनका सबै सामाग्री समेत आईपुगेको छ ।’

महोत्सव स्थल गोरखा दरर्बार र गोरखनाथ गुफालाई बिशेष रुपमा सजाइएको छ । आगन्तुकहरुलाई विभिन्न स्थानमा स्वागत गेटका साथै ब्यानर राखेर स्वागत गरिएको छ ।

त्यस्तैगरी, अहिले बिहान हुने कलशयात्राको तयारी भईरहेको छ । कलशयात्रा बिहान ९ बजेसम्ममा गोरखा बजारमा रहेको सिद्धाश्रम शक्तिकेन्द्रबाट निकाल्ने तयारी भइरहेको हो । महोत्सवका कारण गोरखा बजार क्षेत्रलाई विशेष रुपमा सजाईएको छ ।

रथ यात्राले पुरानो बसपार्क, पदेली, ठुलो आँगन, सतिपिपल, तल्लो कोट, रामशाह चौतारो, गणेश थान हुदै गोरखा नाथ गुफामा पुगेर समापन हुने छ । आज नै रथ यात्रा पछी गोरखनाथ गुफा अगाडी गोरखनाथको झण्डोतोलन समेत हुने आयोजक सिद्वाश्रम शक्ति केन्द्र नेपालले जानकारी दिएको छ ।

महोत्सव अवधीभरमा १ लाख २५ हजारभन्दा बढी रोट चढाइने रामजी अधिकारीले बताउनुभयो । विश्व शान्तिको कामना गर्दै २०६१ सालदेखी गुरु गोरखनाथलाई केन्द्रले रोट अर्पण गर्दै आएको छ ।

गोरखनाथलाई अर्पण गरीएको रोट स्वदेश तथा विदेशमा प्रसादको रुपमा बितरण गर्ने प्रचलन रहेको पनि उहाँले जानकारी दिनुभयो । महोत्सवमा यस पटक पनि स्वदेश र विदेशबाट भक्तजन आउने अपेक्षा गरिएको छ ।

 

रोट के लाई भन्निछ ?

रोट २ किसीमको हुन्छ । भुग्रे रोट र ताई रोट । भुग्रे रोटलाई आगाको भुग्रोमा पकाउने गरिन्छ । रोटहरु मध्ये गुरु गोरखनालाई मन पर्ने ताई रोट हो । यो चामल, गहुँ वा जौ को पिठोलाई वास्ना तथा शक्ति वर्धक विभिन्न ५२ मसला मिसाएर मन्दिरका नाथ संप्रदायका मानिसहरुले ध्यूमा तयार पारीएको हुन्छ । रोटमा ल्वाङ्ग, सुकमेल, जाइफल, जाइपत्रि, काजु, पिस्ता, सौफ, नरीवल, मह, दाख, चिनी, खुदो जस्ता शक्ति बर्धक वस्तुहरु मिसाएर तयार गर्ने गरीन्छ ।

सानो सानो आकारमा तयार गरीने यो रोटलाई नाथ प्रजातीका ब्यक्तिहरुले सुद्व भै मन्त्र जाप गरी विचको भाग उठाएर वनाएको हुन्छ । गुरु गोरखनाथको अति प्रिय खाने वस्तु मानिएको यो रोटको ऐतिहासीक महोत्व समेत रही आएको छ ।

नेपाल एकिकरणका वेला तात्कालिन राजा पृथ्वीनाराण शाह तथा उनका सेनाहरुले अन्य राज्य कब्जा गर्न जादाँ उत्त रोट र पानी खाएर लडेको अवस्थामा विजयी हासील गरेको किंवदन्ती समेत पाइन्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology