Nagarik Sawal

२०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

गोरखामा ८ हजार ५ सय बालबालिकालाई आइपिभी खोप लगाइँदै


1.1K
Shares

गोरखामा ८ हजार ५ सय बालबालिकालाई आइपिभी खोप लगाइँदै

गोरखा, ९ जेठ । गोरखा जिल्लामा ८ हजार जनाभन्दा बढी बालबालिकालाई पोलियो बिरुद्धको आइपिभी खोप लगाइने भएको छ । जिल्लाका सवै पालिकामा जेठ १६ गते एकैसाथ खोप अभियान सञ्चालन गरी ८ हजार ५ सय ३९ जना बालबालिकालाई आइपिभी खोप लगाउने तयारी भइरहेको स्वास्थ्य कार्यालय गोरखाका खोप फोकलपर्सन नानीवाबु दानीले जानकारी दिनुभयो ।

एघार पालिकामध्ये गोरखा नगरपालिकामा सवैभन्दा धेरै दुईहजार ४ सय ८६ जना बालबालिकालाई पोलियो बिरुद्धको खोप लगाइने उहाँले बताउनुभयो । त्यस्तै पालुङटार नगरपालिकामा १ हजार ९१, आरुघाट गाउँपालिकामा ७ सय ३०, बारपाक सुलिकोट गाउँपालिकामा ६ सय ६७ जना बालबालिकालाई आइपिभी खोप लगाइनेछ ।

फोकलपर्सन दानीका अनुसार गण्डकी गाउँपालिकामा ६ सय ४१, धार्चे गाउँपालिकामा ६ सय २८, सहिद लखन गाउँपालिकामा ६ सय ३, सिरानचोक गाउँपालिकामा ४ सय ९९, भीमसेन थापा गाउँपालिकामा ४ सय ८५, अजिरकोट गाउँपालिकामा ४ सय १२ र चुमनुब्री गाउँपालिकामा २ सय ९७ जना बालबालिकालाई आइपिभी खोप लगाइने कार्यक्रम रहेको छ ।

खोप कार्यक्रम सञ्चालन गर्न कार्यालयले जिल्लाभर २ सय ५९ खोपकेन्द्र तोकेको छ । त्यस्तै २ सय ५९ जना स्वास्थ्यकर्मी र ५ सय १८ जना स्वंयमसेवक खोप अभियानका लागि परिचालन गर्ने तयारी पूरा गरिएको कार्यालय प्रमुख यामप्रसाद शर्माले जानकारी दिनुभयो ।

कार्यलयले खोप अनुगमन तथा व्यवस्थापनका लागि १ सय २३ जना जनशक्ति खटाउने उहाँको भनाई छ । कार्यक्रममार्फत यसपटक विसं २०७३ साल वैशाखदेखि विसं २०७५ असोजसम्म जन्मिएका बालबालिकालाई खोप लगाइनेछ । अभियानको सवै तयारी पूरा भएको कार्यालयले जनाएको छ । खोप अभियान जेठ २२ गतेसम्म सञ्चालन हुने प्रमुख शर्माको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology