Nagarik Sawal

२०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

मनास्लु क्षेत्रमा पर्यटक प्रवेश शुल्कबाट २ करोड ५० लाख राजस्व संकलन


2K
Shares

मनास्लु क्षेत्रमा पर्यटक प्रवेश शुल्कबाट २ करोड ५० लाख राजस्व संकलन

गोरखा, ८ जेठ । प्रमुख पर्यटकीय गन्तव्यको रुपमा रहेको उत्तरी गोरखाको मनास्लु संरक्षण क्षेत्र घुम्न पुग्ने पर्यटकबाट प्रवेश शुल्कमार्फत गएको नौ महिनामा साढे दुई करोड भन्दाबढी राजस्व संकलन भएको छ । मनास्लु संरक्षण क्षेत्र आयोजना कार्यालय (एमक्याप) गोरखाले चालु आर्थिक बर्ष २०८०÷०८१ को साउनदेखि चैत महिनासम्ममा मनास्लु क्षेत्र घुम्न जाने पर्यटकबाट प्रवेश शुल्क बापत रु २ करोड ५० लाख ५८ हजार रुपैया राजस्व संकलन गरेको हो ।

साउनदेखि चैतसम्म सार्क राष्ट्र भित्रका १ सय ५२ जना विदेशी पर्यटक मनास्लु संरक्षण क्षेत्रमा घुम्न पुगेका थिए । उनिहरुबाट रु १ लाख ५२ हजार रुपैया राजस्व संकलन भएको एमक्याप गोरखाका प्रमुख सन्तोष शेरचनले जानकारी दिनुभयो । सोही अवधीमा सार्कवाहेक अन्य देशका ८ हजार ३ सय २ जना विदेशी पर्यटक मनास्लु क्षेत्रमा घुम्न पुगेको कार्यालयको तथ्याङ्क रहेको छ ।

सार्कवाहेकका अन्य विदेशी पर्यटकबाट सोही अवधीमा रु २ करोड ४९ लाख ६ हजार रुपैया प्रवेश शुल्कबाट राजस्व संकलन भएको उहाँले बताउनुभयो । मनास्लु क्षेत्र घुम्न जाने सार्क राष्ट्र भित्रका पर्यटकसंग कार्यालयले प्रतिव्यक्ति एकहजार रुपैया प्रवेश शुल्क लिदैँ आएको छ । त्यस्तै सार्कवाहेकका अन्य विदेशी पर्यटकबाट प्रति व्यक्ति रु ३ हजार रुपैया प्रवेश शुल्क कार्यालयले लिने गरिएको उहाँको भनाई छ ।

यसबर्ष मनास्लु क्षेत्र घुम्न पुग्ने पर्यटकको संख्या बढेकाले कार्यालयले ९ महिनाको अवधीमा नै गत आर्थिक बर्षमाभन्दा धेरैबढी राजस्व संकलन गरिसकेको छ । यसबर्ष १२ हजार भन्दाबढी विदेशी पयर्टकले मनास्लु क्षेत्रको भ्रमण गर्ने अनुमान गरेको प्रमुख शेरचनको भनाई छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology