Nagarik Sawal

२०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

भीमसेन थापा गाउँपालिकाले पालिका भित्रका जेष्ठनागरिकलाई टोलटोलमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण


1.4K
Shares

भीमसेन थापा गाउँपालिकाले पालिका भित्रका जेष्ठनागरिकलाई टोलटोलमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण

गोरखा, ६ जेठ । गोरखाको भीमसेन थापा गाउँपालिकाले पालिका भित्रका लाभग्राहीलाई टोलटोलमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । गाउँपालिकाले पालिका भित्रका सवै वडामा टोलटोलमा गएर सामाजिक सुरक्षा भत्ता वितरण गर्न सुरु गरिएको गाउँपालिकाका अध्यक्ष लोकप्रसाद बन्जरा ‘अक्कल’ ले जानकारी दिनुभयो ।

‘‘चालु आर्थिक बर्षको तेस्रो त्रैमासिक सामाजिक सुरक्षा भत्ता वितरणका लागि बैंकसंग आवश्यक समन्वय गरेर प्रत्येक वडाका बिभिन्न टोलमा पायकपर्ने स्थानमा केन्द्र बनाएर बैंकका कर्मचारी, पालिका तथा वडाका कर्मचारीहरु पुगेर भत्ता वितरण गरिरहेका छाँै, उहाँले भन्नुभयो, ‘‘यसबाट जेष्ठनागरिक तथा अशक्त र अपांगता भएका लाभग्राहीलाई निक्कै सजिलो भएको छ ।’’

गाउँपालिकाले पालिकाले तेस्रो त्रैमासिक अन्र्तगतको भत्ता यहीँ जेठ १ गतेदेखि वितरण गर्न सुरु गरेको हो । ‘‘पालिकाले घर नजिकै ल्याएर भत्ता वितरण गर्न सुरु गरेपछि बैंकसम्म धाउनुपर्ने झन्झट अन्त्य भएको वडा नम्बर–७ का जेष्ठ नागरिक लक्ष्मण श्रेष्ठले बताउनुभयो । ‘‘पहिले पहिले त बृद्धाभत्ताका लागि बैंकसम्म धाउनुपर्ने बाध्यता थियो, उहाँले भन्नुभयो, ‘‘अहिले घरै नजिकै टोलमा आएर भत्ता दिन थालेपछि सजिलो भएको छ ।’’

गाउँपालिकाले टोलटोलबाट नै सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेसंगै भत्ता बुझ्नका लागि सवारी साधन रिर्जभ नै गरेर पालिकाको केन्द्र तथा सदरमुकामस्थित बैंकसम्म धाउनुपर्ने लाभाग्राहीहरुको बाध्यता हटेको छ । भीमसेन थापा गाउँपालिकाको वडा नम्बर १, २, ३, ५, ७ र ८ मा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले सामाजिक सुरक्षा भत्ता वितरण गर्दै आएको छ भने वडा नम्बर ४ र ६ मा सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले वितरण गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology