Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

राष्ट्रिय सभामा कांग्रेसको अवरोध, बैठक स्थगित


1.5K
Shares

राष्ट्रिय सभामा कांग्रेसको अवरोध, बैठक स्थगित

काठमाडौँ, ३ जेठ । नेपाली कांग्रेसले राष्ट्रिय सभाको आजको बैठक पनि अवरुद्ध गरेको छ । आजको बैठक शुरु हुनासाथ कांग्रेसका सांसदहरुले उठेर बैठक अवरोध गरेका थिए ।

कांग्रेसका सांसदहरुले अवरोध गरेपछि अध्यक्ष नारायण दाहालले गरेको अनुरोध कांग्रेसका सांसदहरुले अस्वीकार गरेका थिए ।

कांग्रेसले सहकारी ठगि प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समितिको माग गर्दै संसद अवरोध गरिरहेका छन् ।

कांग्रेसको अवरोधपछि अध्यक्षले राष्ट्रिय सभाको बैठक शुक्रबार १स् १५ बजेसम्मका लागि स्थगित गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology