Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

दक्षिण सुडानमा दादुराका कारण ३९ जनाको मृत्यु


1.4K
Shares

दक्षिण सुडानमा दादुराका कारण ३९ जनाको मृत्यु

काठमाडौ, २ जेठ ।  विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले दक्षिण सुडानमा दादुराका कारण ३९ जनाको मृत्यु भएको जनाएको छ । दादुराबाट हुने मृत्युदर १.७ प्रतिशत रहेको पनि डब्लुएचओको भनाइ छ ।

दक्षिण सुडानको राजधानी जुबामा जारी गरेको महामारी विज्ञान रिपोर्टमा २ हजार २ सय ७१ जनामा दादुराको आशङ्का गरिएकामा १ सय ४६ जनामा पुष्टि भएको छ ।

आशङ्का गरिएका र पुष्टि भएका केसहरूबीचमा उच्च भिन्नता रहेकाले यसको न्यूनीकरणका लागि नमूना सङ्कलन र प्रयोगशाला परीक्षणमा जोड दिनुपर्ने डब्ल्यूएचओले बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology