Nagarik Sawal

२०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

गोरखामा ‘प्रहरीसंग १ दिन’ कार्यक्रमले बिद्यार्थीमाथी हुने हिंसाको घटना बाहिरीन थाल्यो


1.4K
Shares

गोरखामा ‘प्रहरीसंग १ दिन’ कार्यक्रमले बिद्यार्थीमाथी हुने हिंसाको घटना बाहिरीन थाल्यो

गोरखा, १ जेठ । बिद्यार्थी जिवनमा हुने हिंसाको बारेमा जानकारी लिने उद्वेश्य सहित गोरखा प्रहरीले ‘प्रहरीसंग १ दिन’ कार्यक्रमको सुरुवात गरेको छ । कार्यक्रम दोस्रो दिनसम्ममा बिद्यार्थी माथि हुने १५ वटा हिंसाका घटना बाहिरीएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरिक्षक बासुदेव पाठकले बताउनुभयो ।

‘कार्यक्रम सुरु भएको दोस्रो दिनसम्म किशोर किशोरीहरुमाथी भएका १५ हिंसाका घटना सार्वजनिक भएको छ’ उनले भने ‘घटनाको सुस्म अनुसन्धान गर्दै छौ । दोषीलाई जसरी पनि कानूनी दायरामा ल्याउछौ ।’ १५ वटा घटना मध्ये १० वटा यौन जन्य हिंसा र ५ वटा साईबर अपराध सम्वन्धी घटना सूचना प्राप्त भएको उहाँले जानकारी दिनुभयो ।

१४ देखी १८ बर्ष उमेर समूहका किशोर किशोरीहरू बिरुद्ध हुने साइबर हिंसा, यौन हिंसा एवम् लागुऔषध दुर्व्यसन सम्बन्धी घटनाहरुको नियन्त्रण र अनुसन्धान गर्ने उदेश्यले विद्यालय केन्द्रित ‘प्रहरीसँग १ दिन’ कार्यक्रम सञ्चालन गरिएको उहाँले बताउनुभयो । किशोरीहरुमा बिशेष गरेर घर भित्रैका आफन्त तथा शिक्षकले हिंसा गर्ने गरेको पनि उहाँले जानकारी दिनुभयो ।

जिल्ला प्रहरी कार्यालय गोरखा र सामुदायिक प्रहरी सेवा केन्द्र तथा सामुदायिक सेवा केन्द्र गोरखाको संयुक्त आयोजनामा भएको कार्यक्रमको सोमबारसम्म आउदा २ वटा बिद्यालयका करिब २०० जना बिद्यार्थीहरुले कार्यक्रममा सहभागीता जनाएको छ ।

सहभागी विद्यार्थिहरुलाई जिल्ला प्रहरी कार्यालयमा नै उपस्थित गराई यस कार्यालयको बिभिन्न शाखा, हिरासत कक्ष, सामुदायिक प्रहरी सेवा केन्द्र, नागरिक सहायता कक्ष, कन्ट्रोल रुम, सिसिटिभी तथा संचार कक्ष सम्बन्धी बिभिन्न बिषयहरुको जानकारी गराउने गरीएको छ ।

सहभागी विद्यार्थीहरुलाई साइबर क्राइम, यौन दुर्व्यवहार र लागुऔषध एवं प्रहरीलाई विश्वास गर्ने सम्बन्धी चेतनामुलक भिडियो प्रदशनी गरिएको छ । प्रर्दशनी लगत्तै कार्यालयले तयार पारेको एउटा फर्ममा विद्यार्थीहरुले आफु माथि हुने गरेको हिंसाको विवरण गोप्य रुपमा टिपाउने गर्दछन् ।

किशोर किशोरी माथि हुने गरेको त्यस्तो हिंसाका सम्बन्धमा कार्यालयले आवस्यक छानबिन तथा अनुसन्धान सुरु गरिसकेको पनि प्रहरी उपरिषक पाठकले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology