काठमाडौं। अमेरिकामा कोरोना भाइरस (कोभिड–१९) को कारण नवजात शिशुको मृत्यु भएको छ । अमेरिकाको सिकागोमा कोरोना भाइरसको कारण शनिबार नवजात शिशुको मृत्यु भएको इलोनिस डिपार्टमेन्ट अफ पब्लिक हेल्थका निर्देशक न्गोज एजिकेले जानकारी दिएको बीबीसीले उल्लेख गरेको छ।
कोभिड–१९ को कारण अमेरिकामा पहिलो पटक नवजात शिशुको ज्यान गएको हो । एजिकेले शिशुको मृत्युको विषयमा पूर्णरुपमा अनुसन्धान भइरहेको बताएका छन् ।
यसअघि चीनको वुहानमा पनि १० महिनाको शिशुको कोरोना भाइरसको कारण ज्यान गएको थियो । उक्त शिशुलाई अस्पतालमा भर्ना गरिएको ४ सातापछि ज्यान गएको थियो ।