Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

फिलिपिन्समा मेडिकल सामग्री बोकेको विमान  दुर्घटना हुँदा आठजनाको मृत्यु


2.3K
Shares

फिलिपिन्समा मेडिकल सामग्री बोकेको विमान  दुर्घटना हुँदा आठजनाको मृत्यु

फिलिपिन्समा मेडिकल सामग्री बोकेको विमान आइतबार  दुर्घटना हुँदा आठजनाको मृत्यु भएको छ । फिलिपिन्सको राजधानी मनिलास्थित निनोइ अन्तर्राष्ट्रिय विमानस्थलमा विमान उडान भर्ने क्रममा दुर्घटना भएको हो ।

लायन एयरलाइन्सको आरपीसी ५८८० कल साइन विमान उड्ने क्रममा एक्कासी आगो लाग्दा विमानमा सवार आठैजनाको मृत्यु भएको मनिलास्थित विमानस्थलका अधिकारीहरुले जनाएका छन् ।

विमानमा छ फिलिपिनी नागरिक, एक अमेरिकन र एक क्यानेडियन नागरिक रहेको बताइएको छ । रेडक्रसका प्रवक्ता रिचार्ड गोर्डोनवे विमानमा सवार आठैजना चिकित्सा कर्मचारी भएको जानकारी दिएका छन् ।

उक्त विमानमा मेडिकल सामग्रीसमेत रहेको फिलिपिन्स न्युज एजेन्सीले जनाएको छ । रनवेमा विमान दुर्घटना भएकोसमेत बताइएको छ । – सीएनएन

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology