Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

गण्डकी प्रदेशका सरकार बिरुद्ध सर्वोच्तमा रिट दायर


1.9K
Shares

गण्डकी प्रदेशका सरकार बिरुद्ध सर्वोच्तमा रिट दायर

गोरखा, २५ वैशाख ।  गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले पाएको विश्वासको मतसम्बन्धी विवादमा काँग्रेसले सर्वोच्च अदालतमा रिट दायर गरेको छ । काँग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता सुरेन्द्र पाण्डेयको तर्फबाट आज सर्वोच्च अदालतमा रिट दर्ता भएको हो । अधिकारीले हिजो विश्वासको मत प्राप्त गरेको सभामुख कृष्णप्रसाद धितालले घोषणा गरे पनि काँग्रेसले असंवैधानिक कार्य भएको भन्दै विरोध गर्दै आएको छ ।

६० सदस्यीय प्रदेशसभाबाट अधिकारीले ३० मतमात्रै प्राप्त गरे पनि आफू निर्णायक रहेको भन्दै सभामुखले विश्वासको मत पाएको घोषणा गर्नुभएको थियो । प्रदेश सभामा बहुमतका लागि ३१ सांसद आवश्यक हुने अवस्थामा मुख्यमन्त्री अधिकारीले सभामुख धितालको मत समेत जोडेर विश्वासको मत पाएको घोषणा गरिनु असंवैधानिक भएको दाबी नेपाली काँग्रेसको छ ।

रिटमा कोशीको नजिर, संविधानले तोकेको सभामुखको भूमिका र अघिल्लो रिटमा समेत गरिएको व्याख्यालाई आधार बनाउँदै मुख्यमन्त्री अधिकारीले पाएको विश्वासको मत गैरकानुनी भएकाले बदर हुनुपर्ने जिकिर गरिएको छ । त्यस्तै, मुख्यमन्त्री अधिकारीलाई कुनै पनि कामकाज नगर्नु÷नगराउनु भनी अन्तरिम आदेश जारी गरेर कामकाजमा रोक लगाउन रिटमा माग गरिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology