Nagarik Sawal

२०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

गोरखामा चट्याङ लागेर एकजना घाइते


3.5K
Shares

गोरखामा चट्याङ लागेर एकजना घाइते

गोरखा २५ वैशाख ः गोरखामा चट्याङ लागेर एकजना घाइते भएका छन् । जिल्लाको पालुङटार नगरपालिका–२ आँपपिपलका तिलक लामा चट्याङ लागेर घाइते हुनुभएको स्थानीय प्रमिला गुरुङले जानकारी दिनुभयो । सोमबार साँझ ६ः१५ बजेको समयमा उनलाई घर भित्र बस्दा चट्याङ लागेको हो ।

चट्याङ लागेर घाईते भएका उनको आँपपिपल अस्पतालमा उपचार गरिएको थियो । घाइते लामा उपचार पश्चात गएराती नै डिस्चार्ज गरिएको आँपपिल अस्पतालले जानकारी दिएको छ । चट्याङ लागेर घाईते भएका लामा लिगलिगकोटमा कार्यरत कर्मचारी भएको पुष्टी भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरिक्षक बासुदेव पाठकले जानकारी दिनुभयो ।

उहाँका अनुसार सामान्य उपचार पछी उनलाई हिजै राती नै अस्पतालले डिस्चार्ज गरेको हो । सोमबार लिगलिगकोटमा रहेको राष्ट्रिय झण्डा निकालेर घरतर्फ आएका लामालाई घर भित्रै चट्याङ लागेको थियो । केही समय बेहोश भएका हुनुभएका उहाँलाई उपचारका लागि आँपपिपल अस्पताल पु¥याइको थियो । चट्याङले लामाको घरमा ठुलो प्वाल परेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology