गोरखा, १६ चैत । गोरखामा कोरोना बिशेेष अस्पताल स्थापना गरिने भएको छ । गोरखा नगरपालिका वडा न ८ मा रहेको द वल्ड क्याापिटल माध्यमिक बिधालयको भवनमा कोरोना अस्पताल स्थापना गरिने भएको हो ।
जिल्ला स्तरीय कमाण्ड पोस्टको आइतबार बसेको बैठकले न्युनतम १२ बेड सम्मको अस्पताल बनाउने निर्णय गरेको छ । सो अस्पतालमा जिल्ला अस्पताल गोरखा र आमा-बा अस्पतालबाट समान व्यवस्थापन गरिने बताइएको छ । कोरोना अस्पताल आजकै मिती देखि तयार गरि प्रयोग गरिने आजको बैठकले निर्णय गरेको छ।