काठमाण्डौं २३ वैशाख । कीर्तिपुर आज बस दुर्घटना एकजनाको मृत्यु भएको छ । दुर्घटनामा परी ११ जना घाइते भएका छन् । रत्नपार्क–कीर्तिपुर रुटमा चल्ने बा ३ ख २०२७ नम्बरको यात्रुवाहक बस दुर्घटनामा परेको हो । दुर्घटनामा परेर प्रा.डा. गोविन्द रिजालको मृत्यु भएको छ ।
घाइते हुनेमा बर्दिया घर भएका १८ वर्षीय रमित थापा, २० वर्षीय किशोर थापा, झापा घर भएका ध्रुब बुढाथोकी, नेपालगञ्ज घर भएकी २२ वर्षीया सुस्मा खड्का रहेका छन् । त्यस्तै डडेलधुरा घर भएका डमर खड्का र चन्दा बोहरा, नबिना खड्का, गंगाराम भट्ट र बाजुरा घर भएका २५ वर्षीय नरेशराज न्यौपाने पनि उक्त दुर्घटनामा परी घाइते भएको प्रहरीले जनाएको छ ।
घाइतेहरुको त्रिपुरेश्वर स्थित ब्लु क्रस अस्पतालमा उपचार भइरहेको छ । अत्य घाइतेरहरु बैतडी घर भएका २४ वर्षीय डम्बर पन्त, २४ वर्षीया विमला श्रेष्ठ र बस चालक २७ वर्षीय रमेश लामाका ट्रमा सेन्टरमा उपचार भइरहेको छ । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले बताउनुभयो ।