गोरखा २३ वैशाख । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको घोषणा गरिएको छ । आइवार बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री अधिकारीले राखेको विश्वासको मतको पक्षमा ३०, विपक्षमा २७ मत खसेपछि सभामुख कृष्णप्रसाद धितालले मुख्यमन्त्रीलाई विश्वासको मत प्राप्त भएको घोषणा गर्नुभएको हो ।
सर्वोच्चको आदेशमा टेकेर गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीलाई विश्वासको मत पाएको घोषणा गरिएको हो। प्रदेशमा रहेको ६० प्रदेशसभा सदस्य मध्ये राप्रपाका २ मत तटस्थमा रहेको सभामुख धितालले घोषणा गनुभएको थियो । संविधानको विपरीत सभामुखले मुख्यमन्त्रीले विश्वासको मत पाएको घोषणा गरिएको भन्दै कांग्रेस सांसदहरुले भने नाराबाजी गर्दै वेल घेराउ गरेका छन् ।