सिराह १७ वैशाख । तीन वर्षीया बालिकाको हत्या अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। सिरहा नगरपालिका—१८ जरुवा लक्ष्मिनियाँ टोलका रमेश यादवकी तीन वर्षीया छोरी रिया कुमारीको हत्या अभियोगमा प्रहरीले छिमेकी ४७ वर्षीया सोनादेवी र उनकी छोरी पूजाकुमारी यादवलाई पक्राउ गरी सोमबार सार्वजनिक गरेको हो ।
घटनामा संलग्न भएको आशंका गरिएका सोनादेवीका श्रीमान् धनिकलाल यादव भने फरार रहेको र खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । गत बुधबार बिहानदेखि हराइरहेकी रियाको शव खोजतलासका क्रममा दुई दिनपछि शुक्रबार राति छिमेकी धनिकलाल यादवको घरमा फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक मुक्तिनाथ सापकोटाले जानकारी दिनुभयो ।
दुई परिवारबीच घरायसी झगडा हुँदै आएकाले सोही रिसइबीका कारण बालिकाको हत्या भएको हुनसक्ने प्रहरीको अनुमान छ।