Nagarik Sawal

२०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

बैँकिङ कसुर मुद्दामा वडाध्यक्ष पक्राउ


1.1K
Shares

बैँकिङ कसुर मुद्दामा वडाध्यक्ष पक्राउ

सिन्धुपाल्चोक १६ वैशाख । बैँकिङ  कसुर मुद्दामा फरार रहेका वडाध्यक्षलाई प्रहरीले पक्राउ गरेको छ । जुगल गाउँपालिका ७ का वडाध्यक्ष रवि तामाङ पक्राउ परेका हुन ।

वडाध्यक्ष रविलाई आइतवार विहान ढाडेबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रवक्ता एवम् प्रहरी नायव उपरिक्षक निरञ्जन भट्टराईले जानकारी दिनुभयो ।

वडाध्यक्ष रवि उच्च अदालत पाटन ललितपुरको २०७८ फागुन २० गतेको फैसलाले बैकिङ कसूर मुद्दामा कैद ३ दिन र ९ लाख ९० हजार जरिवाना सजायँ भई फरार रहेका थिए ।

पक्राउ परेका उनलाई आजै सिन्धुपाल्चोक जिल्ला अदालत चौतारामा पेश गरिएको डिएसपी भट्टराईले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology