गोरखा २१, पुस । गोरखाको पालुङटार नगरपालिका वडा नम्बर ७ ले वडा भित्रका सवै घरमा एभोकाडोको बिरुवा बितरण गर्ने भएको छ । वडाले चालु आर्थिक बर्षको कार्यक्रम अन्र्तगत ‘एक घर, एक एभोकाडो’को बिरुवा बितरण गर्ने तयारी गरेको वडाध्यक्ष बसन्त कुमार श्रेष्ठले जानकारी दिनुभयो ।
कृषि बिऊ बिजन कार्यक्रम अन्र्तगत चालु आर्थिक बर्षका लागि रु २ लाख रुपैया बजेट बिनियोजन गरिएको छ, उहाँले भन्नुभयो, त्यसैत कार्यक्रमबाट वडा भित्रका सवै घरधुरीमा एक÷एक वटा एभोकाडोको बिरुवा बितरण गर्न लागेका हौ ।’
एभोकाडोको फल मानिसहरुका स्वास्थ्यका लागि अत्यन्तै लाभदायी पनि हुने भएकाले वडाले सवै वडाबासीलाई एभोकाडो नै बितरण गर्ने तयारी गरेको वडाध्यक्ष श्रेष्ठको भनाई छ । वडा कार्यालय कृषि ज्ञानकेन्द्र गोरखासंगको समन्वयमा एभोकाडोको बिरुवा बितरण गर्ने उहाँले जानकारी दिनुभयो ।
‘हावापानीको हिसाबले च्याङ्ली एभोकाडो खेतीका लागि उपयुक्त छ, केही किसानले व्यवसायिक रुपमा खेती पनि गर्दै पनि आएका छन्, उहाँले वडाध्यक्ष श्रेष्ठले भन्नुभयो, ‘फेरि यो फल जुनसुकै रोग भएका मानिसले पनि खान मिल्ने भएकाले पनि सवैका लागि उपयुक्त हुन्छ भनरे बाड्ने तयारी गरेका हौ ।’
वडा कार्यालयले निशुल्क विरुवा वितरण गर्ने भएपनि ढुवानीका लाग्ने खर्च भने सम्बन्धित घरधुरीले नै व्यर्होनुपर्ने वडाध्यक्ष श्रेष्ठको भनाई छ । पालुङटार नगरपालिका वडा नम्बर ७ मा करिव १६ सय घरधुरी परिवार बसोबास गर्दै आएका छन् ।
स्वास्थ्यका लागि निकै फाइदाजनक हुने भन्दै एभोकाडो गोरखा जिल्लाको भीमसेन थापा गाउँपालिका र पालुङटार नगरपालिकाका केही भागमा व्यवसायिक खेती शुरु भएको छ । नास्पती जस्तो आकारको हुने यो फल एउटा बोटमा दुई सयदेखि चार सयसम्म दाना फल्ने उहाँको भनाई छ । यो फलको बजारमा प्रतिकिलो रु ५ सयमा बिक्रि हुने गरेको पाईछ ।