काठमाडौं, १६ वैशाख । इलाम–२ को उपचुनावअन्तर्गत् जारी मत गणनामा नेपाली कांग्रेसको अग्रता कायमै छ । फाकफोकथुम गाउँपालिका वडा नम्बर १ र २ को मतगणना सकिँदा कांग्रेसका उम्मेदवार डम्बर खड्काले १ हजार १४५ मत ल्याएका छन्। उनीभन्दा ८२ मतले पछि रहेका एमाले उम्मेदवार सुहाङ नेम्वाङले १ हजार ६३ मत प्राप्त गरेका छन् । तेस्रो स्थानमा रहेका स्वतन्त्र उम्मेदवार डकिन्द्रसिंह थेगिमले ३१३ मत प्राप्त गरेका छन् ।
चौथो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका उम्मेदवार मिलन लिम्बूले २०९ मत प्राप्त गरेका छन् । अहिले फाकफोकथुम गाउँपालिका वडा नम्बर ३ को मतगणना भइरहेको छ । इलाम २ मा शनिबार उपनिर्वाचन भएको थियो । शनिबार भएको मतदानमा ६० प्रतिशत मत खसेको थियो । यो क्षेत्रमा १ लाख १५ हजार ८८९ मतदाता थिए। तीमध्ये ६९ हजार २८७ जनाले मतदान गरेका छन् ।