Nagarik Sawal

२०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

छोरी जन्माउनेलाई निःशुल्क स्वास्थ्य बीमा प्रभावकारी बन्दै


1.6K
Shares

छोरी जन्माउनेलाई निःशुल्क स्वास्थ्य बीमा प्रभावकारी बन्दै

स्याङ्जा, १४ बैशाख । स्याङ्जाको वालिङ नगरपालिकाले छोरी जन्माउनेलाई गर्दै आएको निःशुल्क स्वास्थ्य बीमा प्रभावकारी बनेको छ । नगरपालिकाले यो आर्थिक वर्षदेखि छोरी जन्माउनेलाई निःशुल्क स्वास्थ्य बीमा गरिदिने व्यवस्था गरेको हो ।

छोरीहरुलाई समाजले दोस्रो दर्जाकारुपमा हेर्ने गरेको अवस्थामा नगरपालिकाले उक्त कार्यक्रम लागु गरेको नगर प्रमुख कृष्ण खाँणले बताउनुभयो । निःशुल्क स्वास्थ्य बीमा कार्यक्रमले नारी उत्थानमा भूमिका खेल्ने नगर उपप्रमुख कविता तिवारी गैह«ेले बताउनुभयो ।

नागरिकको स्वास्थ्य ठूलो कुरा भएको उल्लेख गर्दै उहाँले नारी सम्मानसँगै निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम लागु गरिएको बताउनुभयो । वालिङ नगरपालिकाले यो आर्थिक वर्षमा मात्र करिव ३०० जना नागरिकको निःशुल्क स्वस्थ्य बीमा गरेको नगरपालिकाले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology