Nagarik Sawal

२०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

गोरखामा टिप्पर दुर्घटनाका गंभिर बिरामी भएका भट्टराईलाई हेली मार्फत राजधानी लगियो


6.3K
Shares

गोरखामा टिप्पर दुर्घटनाका गंभिर बिरामी भएका भट्टराईलाई हेली मार्फत राजधानी लगियो

गोरखा, १४ बैशाख । गोरखाको ओख्लेमा हिजो भएको टिप्पर दुर्घटनामा परी गंभिर घाईते भएका महेन्द्र भट्टराईलाई थप उपचारको लागि हेली मार्फत राजधानी लगिएको छ । भट्टराईलाई हिजै साँझ थप उपचारको लागि राजधानीको अन्नपूर्ण न्यूरो अस्पतालमा भर्ना गरीएको जिल्ला प्रहरी कार्यालय गोरखा प्रहरी नायब उपरिक्षक एवं सूचना अधिकारी रमेशकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार बिरगञ्जदेखी उत्तरी गोरखाको आरुघाट तर्फ जादै गरेको ईट्टा बोकेको ना.८ ख ५९३६ नम्बरको टिप्पर दुर्घटनामा परेको हो । घुमारो सडक रहेको उक्त स्थानमा २० मिटर तल खसेर सडकमा नै बजारिदा भिमसेन थापा गाउँपालिका–२ तान्द्राङ ओख्लेका ४३ बर्षिय महेन्द्र भट्टराई गंभिर घाईते भएका थिए । उनको आरुघाट स्वास्थ्य चौकीमा सामान्य उपचार पछी नेपाली सेनाको हेली मार्फत थप उपचारको लागि राजधानी लगिएको हो ।

टाउकोमा रगत जमेकोले औषधी चलाईएको र औषधीले रगत नफाँटे अप्रेशन गनुपर्ने अन्नपूर्ण अस्पताल प्रशासनले जानकारी दिएको छ । सोही दुर्घटनामा परी टिप्परका चालक बारा जिल्ला कलैया नगरपालिका घर भएका २१ बर्षिय रोशन यादव, बारा अमरीया घर भएका २६ बर्षका सहचालक रामविश्व पासवान र भिमसेन थापा गाउँपालिका–२ ओख्लेकी ४० बर्षिया गंगा लामिछाने सामान्य घाईते भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology