Nagarik Sawal

२०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

भीमसेन थापा गाउँपालिकास्थित बोर्लाङ्गका किसानहरुले खडेरीले बाली सुक्न थालेपछि जलधारा गरेर पानी डाक्दै


4.9K
Shares

भीमसेन थापा गाउँपालिकास्थित बोर्लाङ्गका किसानहरुले खडेरीले बाली सुक्न थालेपछि जलधारा गरेर पानी डाक्दै

गोरखा, १४ वैशाख । गोरखाको भीमसेन थापा गाउँपालिकास्थित बोर्लाङ्गका किसानहरुले बुधबार चैतशुल्क पूर्णिमाका दिन विहानै चोखोनितो गरेर पूजाका लागि घरघरमा धूपअछेता उठाए । गाउँभरीका किसानहरुले घरघरमा उठाएको घूपअछेता गाउँ नजिकै डाँडागाउँमा रहेको प्रसिद्ध देवीको मन्दिर कोटकालीमा आफै जान भ्याउने जति आफैले लिए गए, नभ्याउनेहरुले अरुको साथ पठाएर पूजाआजा गरे ।

पञ्चेबाँजासहित भेला भएका गाउँलेहरुले देवी कोटकालीलाई धूपअछेता चढाउदै नाँचगान गरे । देवीलाई पूजाआजा गरेर पञ्चेबाँजा सहित महादेवको पुर्कादै गाउँ घुमे । तर कुनै पर्व थिएन । गाउँमा लामो समयसम्म खडेरी परेर खेतबारीमा लगाइएको खेतीबाली सुक्न थालेपछि महादेवसंग पानी डाक्दै बोर्लाङ्गका किसानहरुले जलधारा गरेर देवतासंग पानी मागेका हुन् ।

‘‘खेतीपातीका लागि आकाशेपानीको भर पर्नुपर्ने बाध्यता यहाँका किसानको छ, स्थानीय किसान वीरबहादुर श्रेष्ठले भन्नुभयो, ‘‘कोटकाली मन्दिरमा गाउँलेहरुले घूपअछेता चढाएर जलधारा गरेपछि आकाशबाट लामो खडेरी परेका बेलामा पनि महादेवले पानी दिन्छन् भन्ने यहाँको पुरानो मान्यता रहेकाले जलधारा गरिएको हो ।’’ यहाँका गाउँलेहरु पञ्चेबाँजा बजाएर गाउँ डुल्दै हरहर महादेव पानी देउदेउ भन्दै महादेवसंग पानी माग्न प्रचलन निक्कै पुरानो भएको उहाँले बताउनुभयो ।

‘‘गाउँमा पानी नपरेको धेरै भइसक्यो, अर्का स्थानीय विपिन श्रेष्ठले भन्नुभयो, कोटकाली मन्दिरमा धूपअछेता गरेर जलधारा गरेपछि पानी पर्छ भन्ने किम्बद्धन्ती रहेकाले गाउँलेहरु सवै मिलेर देवीलाई पूजापाठ र घूपअक्षेता चढाउदै महादेवसंग पानी मागिएको हो ।’’ बोर्लाङ्गमा पुर्खौदेखि नै गाउँमा लामो खडेरी परे महादेवसंग पानी माग्न जलधारा गर्ने किसानहरुको परम्परा नै छ । खडेरीका कारण बारीमा लगाइएका मकैबाली सुक्ने चिन्ताले किसानहरुलाई सताइरहेको छ । पानी नपरेपछि एकोहोरो गोड्ने बेला भइसकेको मकै गोडमेल गर्न समेत पाएका छैनन् ।

‘‘कोटकाली मन्दिरमा फूल र अछेताद्धारा होमधान्य चढाएर सकेपछि मन्दिरदेखि चण्डीथानसम्म बाँजागाँजाकासाथ हरहरमा महादेव पानी देउदेउ भन्दै गाउँलेहरु घुम्छन्, उहाँले भन्नुभयो, ‘‘धार्मिक परम्परा अनुसार लामोसमयसम्म पानी नपरे चैतशुल्क पूर्णिमाका दिन कोटकाली मन्दिरमा पmूलअक्षेता चढाएर होमाधी सहित चढाएर जलधारा गरे पानी पर्ने किम्बदन्ती रहेको छ ।’’

मन्दिरमा घूपअक्षेता चढाएर पञ्चेबाँजा सहित चण्डीथान मन्दिरसम्म निस्किएका गाउँलेहरुलाई गल्लीगल्लीमा उभिएका मानिसहरुले पानी छेपेर पानी परेको अनूभूति पनि गराए । अझै पानी नपरे गाउँलेहरु राङद्ीघाटमा पिपलको पात आँपको पात सहित चोखोनितो गरेर पूजापाठ सहित लाख बत्ती बालेर बगाउने प्रचलन समेत रहेको स्थानीयबासीहरुको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology