Nagarik Sawal

२०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

गोरखामा टिप्पर दुर्घटना : चार जना घाइते


2.6K
Shares

गोरखामा टिप्पर दुर्घटना : चार जना घाइते

गोरखा, १३ बैशाख । मध्यपहाडी लोकमार्ग अन्तर्गत घ्याम्पेसाल–आरुघाट सडकखण्डमा टिप्पर दुर्घटना हुँदा चार जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भिर रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाका इन्चार्ज वरिष्ठ नायव निरिक्षक शिवप्रसाद पाठकले जानकारी दिनुभयो ।

उहाँका अनुसार उनीहरुको आरुघाट स्वास्थ्यचौकीमा उपचार भइरहेको भईरहेको छ । बिहिबार बिहान करिब ११ बजे गोरखा बजारबाट आरुघाट तर्फ इट्टा बोकेर जाँदै गरेको ना ८ ख ५९३६ नम्वरको टिप्पर अनियन्त्रित भई सडकमै पल्टिएर दुर्घटना भएको हो ।

भीमसेन थापा गाउँपालिका–३ डाँडवेशी भन्ने स्थानमा दुर्घटना भएको बताइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology