Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

गोरखा क्षेत्र नम्बर २ का सांसद, पूर्वप्रधानमन्त्री डा. भट्टराईको नागरिकहरुलाई यस्तो अपिल


4.3K
Shares

गोरखा क्षेत्र नम्बर २  का सांसद, पूर्वप्रधानमन्त्री डा. भट्टराईको नागरिकहरुलाई यस्तो अपिल

गोरखा-२ बाट निर्वाचित जनप्रतिनिधिको नाताले सबै दिदीबहिनी तथा दाज्युभाइहरूमा विनम्र अनुरोध:

१. यतिवेला हामी तपाईंहाम्रो जीवनकालकै सबभन्दा ठुलो मानवीय संकटबाट गुज्रिरहेका छौं। COVID-19 भनिने कोरोनाभाइरसको महामारीबाट अहिले पूरै संसार ग्रसित छ!आजका मितिसम्म विश्वको एक-तिहाइ अर्थात् अढाइ अर्ब मानिस लकडाउन अर्थात् पूरै बन्दाबन्दीको अवस्थामा छन्!हाम्रो देश पनि गत चैत ११ गतेदेखि बन्दाबन्दीमा छ! यस्तो वेलामा हामी सबैलाई असुविधा हुनु स्वाभाविक छ।

२.भनिन्छ संकटकै वेलामा मानिसको पहिचान हुन्छ! हामीले पनि यतिवेला नआत्तिइकन वुद्धिविवेक र धैर्यले काम गर्नुछ।यो मानव जातिकै साझा समस्या भएकाले अहिले हामीले विश्व स्वास्थ्य संगठन (WHO)र हाम्रो सरकारले गरेका निर्णय र जारी भएका निर्देशनहरूलाई कडाइपूर्वक पालना गर्नुपर्दछ। हेलचक्र्याइँ गर्दा आफ्नो मात्र हैन प्रियजनहरूको र थुप्रै मान्छेको ज्यान जानसक्छ। तर नआत्तिइकन केही साधारण नियमहरू, जस्तै, मान्छे मान्छे वीचमा ६ फिटको दूरी कायम गर्ने, घर बाहिर निस्केर भीडभाडमा नजाने, नियमित रूपले साबुनपानीले हात धुने, हाछ्युँ गर्दा नाकमुख छोप्ने,जथाभावी नथुक्ने आदि पालना गरियो भने कसैलाई केही हुँदैन।यसमा सबै सतर्क र इमान्दार बनौं।

३. यतिवेला कोही मान्छे विदेशबाट फर्केर आफ्नो गाउँघरमा आएका छन् भने उनीहरूलाई १४ दिनसम्म कसैसंग संसर्ग नगरी एकान्तवास वा क्वारेन्टाइनमा बस्ने व्यवस्था गरौं ।

४. संकटको वेलामा एकअर्कालाई मदत गर्नु मानवीय धर्म हो ।यदि छरछिमेकमा कसैलाई ज्वरो आउने,सुक्खा खोकी लाग्ने,सास फेर्न गाह्रो हुने आदि भयो भने तुरून्त अस्पताल पुर्याउने कार्य गरौं । अनि कोही दैनिक ज्यालामजदुरी गरेर गुजारा चलाउने विपन्न परिवार र अशक्त/वेसहारा व्यक्ति बन्दाबन्दीका कारण समस्यामा परेका छन् भने तिनलाई निजी वा सामुहिक रूपमा आर्थिक/जिन्सी सहयोग गरौं र थप सहयोगकालागि आफ्नो नगरपालिका/गाउँपालिका/वडामा जानकारी गराऔं।

५. कसैलाई गम्भीर समस्या परेमा वा कुनै विषयमा जानकारी लिनुपरेमा निम्न फ़ोन नम्बरहरूमा सम्पर्क गरौं
: रोशन पोखरेल-९८५११०२८८३; फणिन्द्र देवकोटा-९८५११०१५१६; नारायण खत्री- ९८५६०४०७७०; रमेश पोखरेल अटल- ९८५६०४०९९७; ज्ञानेन्द्र कुमाल- ९८५११०८४२६; धनमाया लामा- ९८४६४७४५५५; हरिशरण आचार्य- ९८५१००६१०४; प्रकाश दवाडी- ९८५१०४८३९७; बाबुराम भट्टराई- ९८०८२१३६३०

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology