Nagarik Sawal

२०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

गोरखाको बुट्टार स्थित त्रिशुली नदीमा बेवारिसे पुरुषको शव फेला


2K
Shares

गोरखाको बुट्टार स्थित त्रिशुली नदीमा बेवारिसे पुरुषको शव फेला

गोरखा, ३ बैशाख । गोरखाको बुट्टार स्थित त्रिशुली नदी किनारमा बेवारिसे अवस्थामा पुरुषको मृत शरिर फेला परेको छ । नाम, वतन खुल्न नसकेको १ जना पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक एवं सूचना अधिकारी रमेशकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार अन्दाजी ५०–५५ बर्षका ति पुरुषको शव त्रिशुली नदी किनारमा तैरीरहेको अवस्थामा स्थानियले देखेपछी प्रहरीलाई खबर गरेका थिए । ति पुरुषको शव शनिबार साँझ ६ः५० बजेको समयमा फेला परेको थियो ।

निलो रंङको ट्याक लगाएका ति ब्यत्तिको शरिरको माथिल्लो भागमा कालो रंगको टि–सर्टमा नाइक लेखेको बाहिर कालै ज्याकेट लगाएको तथा हातमा कालो घडी लगाएको पुरुष फेला परेको गोरखा प्रहरीले जानकारी दिएको छ ।

मृत्त ब्यक्तिको शरिरमा कुनै पनि चोट नदेखिएकाले खोलाले बगाएर ल्याएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । मृत्तक ब्यक्तिको शव अहिले गोरखा अस्पतालका शव गृहमा राखिएको पनि सूचना अधिकारी श्रेष्ठले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology