काठमाडौं, १ वैशाख । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती र मधेश प्रदेश लगायत देशको पहाडी भू(भागमा आंशिक बदली रही बाँकी भू(भागमा मौसम मुख्यतया आंशिकदेखि सफा रहेको छ । आज दिउँसो सुदुरपश्चिम प्रदेश लगायत देशको पहाडी भू(भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू(भागमा आंशिक बदलीदेखी मौसम मुख्यतया सफा रहनेछ ।
दिउँसो कोशी प्रदेश लगायत देशका पहाडी भू(भागको थोरै स्थानहरूमा मेघगर्जनरचट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
साथै कोशी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू(भागको थोरै स्थानहरू साथै बाँकी उच्च पहाडी तथा हिमाली भू(भागको एक(दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
राति गण्डकी र कर्णाली प्रदेशको पहाडी भू(भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू(भागमा आंशिकदेखि मौसम मुख्यतया सफा रहनेछ।
कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू(भागका एक(दुई स्थानमा मेघगर्जनरचट्याङ्गसहित रातिपनि हल्का वर्षाको सम्भावना छ।
त्यस्तै गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू(भागका रातिपनि एक(दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।