एजेन्सी १६, चैत । कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट स्पेनकी राजकुमारी मारिया टेरेसाको मृत्यु भएको छ । स्पेनी राजा फेलिपे छैठौंकी भतिजी ८६ वर्षीया मारियाको शुक्रवार पेरिसमा मृत्यु भएको हो ।
कोरोनाका कारण ज्यान गुमाउने उहाँ पहिलो राजपरिवारकी सदस्य हुनुुहुन्छ । उहाँका भाइ राजकुमार सिक्सटस हेनरीले दिदीको मृत्युको खबर दिनुभएको हो । राजकुमारी मारिया पेरिसमा सन् १९३३ मा जन्मनु भएको थियो ।
उहाँ पेरिसको सोर्बोनमा प्राध्यापक हुनुहुन्थ्यो भने मड्रिडको कम्प्लुटेन्स विश्वविद्यालयमा समाजशास्त्रकी प्राध्यापक समेत हुनुहुन्थ्यो । उता बेलायतका राजकुमार चार्ल्सलाई पनि कोरोना भाइरस संक्रमण भएको पुष्टी भएको छ ।