Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

‘पर्यटकीय गन्तव्यको पूर्वजानकारी दिन मनास्लु पदर्मागमा सूचना बोर्ड’


1.7K
Shares

‘पर्यटकीय गन्तव्यको पूर्वजानकारी दिन मनास्लु पदर्मागमा सूचना बोर्ड’

गोरखा, २९ चैत । पर्यटकहरुलाई आफूपुग्ने पयर्टकीय गन्तव्यको पूर्वजानकारी दिन तल्लो मनास्लु पर्यटकीय पदमार्गमा सूचना बोर्ड राख्न सुरु गरिएको छ । धार्चे गाउँपालिका अन्र्तगत पर्ने तल्लो मनास्लु पदमार्गमा बिभिन्न स्थानहरुमा सूचना बोर्ड राख्न सुरु गरिएको धार्चे मनास्लु पर्यटन विकास समितिका अध्यक्ष साने गुरुङले जानकारी दिनुभयो ।

‘‘अहिलेसम्म तल्लो मनास्लु पदमार्गको विभिन्न ६ ठाउँमा सूचना बोर्ड राखिसकिएको छ, उहाँले भन्नुभयो, बाँकी रहेका स्थानहरुमा पनि धमाधम सूचना बोर्डहरु राख्ने काम भइरहेको छ ।’‘ पदमार्गमा पर्ने लापुवेशी स्थित प्रिन्स ह्यारी हिल्ड, खानीबेशी, माछीखोलाको दुई स्थान, खोर्लाबेशी र मार्साका दुई ठाँउमा सूचना बोर्ड राखिसकिएको अध्यक्ष गुरुङले बताउनुभयो ।

नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश र धार्चे गाउँपालिकाको संयुक्त साझेदारीमा पर्यटकीय पदमार्गमा सूचना बोर्ड राख्न सुरु गरिएको उहाँको भनाई छ । पदमार्गमा पुग्ने आन्तरिक तथा बाह्य पर्यटकलाई पर्यटकीय स्थानको उचाइ, पर्यटकीय गन्तव्य पुग्न लाग्ने समय, एक ठाउँदेखि अर्को ठाउँसम्मको दूरीलगायतका विषय सूचना बोर्डमा जानकारी दिने व्यवस्था मिलाइएको उहाँले बताउनुभयो ।

समितिले यसपटक तल्लो मनास्लु पदर्माग अन्र्तगत पर्ने बिभिन्न २५ स्थानमा सूचना बोर्ड राख्न लागेको छ । जस अन्र्तगत केरौजाबेशी, मार्सा, दोभान खोला, हुल्चुकस्थित कालपोखरी जाने र रुन्चेत जाने स्थान, यारुफाँट, हनिहन्टिङ गर्ने ठाउँ अन्तरबेशी, सिङ्ला, थमन भिसी गाउँ, यामगाँउ, गुम्दा, भिरकोट लगायतका ठाउँमा सूचना बोर्ड राखिने छ ।

“सूचना बोर्डमा पदर्मागमा पर्ने खोलानाला, ताल, पुलका साथै ती क्षेत्रमा पाइने जङ्गली जनावरका बारेमा पनि जानकारी रहनेछन्, उहाँले भन्नुभयो, “यसले पर्टयकहरुलाई पर्यटकीय गन्तव्यका बारेमा बाटोमा नै पूर्वजानकारी प्राप्त हुने हुँदा पदयात्रा गर्न थप सजिलो हुनेछ ।”

समिति मार्फत यसअघि पनि पदमार्गको बिभिन्न ५ ठाउँमा सूचना बोर्ड राखिएको थियो । त्यसले मनास्लु पदमार्ग घुम्न आउने पर्यटकहरुका लागि आफू पुग्ने गन्तव्यको पूर्वजानकारीका लागि प्रभावकारी भएपछि अन्य ठाउँहरुमा पनि बोर्ड राख्न लागिएको उहाँको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology