Nagarik Sawal

२०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

गोरखामा नाबालिका बलात्कार आरोपमा बिर्दीका गुरुङ पक्राउ


1.1K
Shares

गोरखामा नाबालिका बलात्कार आरोपमा बिर्दीका गुरुङ पक्राउ

गोरखा २९ चैत । गोरखा प्रहरीले नाबालिका बलात्कार आरोपमा पालुङटार नगरपालिका क्षेत्रबाट १ जना पुरुषलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पालुङटार नगरपालिका–९ मिरकोट, बिर्दीबाट ३२ बर्षका शेरबहादुर गुरुङ भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक एवं सूचना अधिकारी रमेशकुमार श्रेष्ठले जानकारी दिनुभयो  ।

उहाँका अनुसार आरोपित शेरबहादुरले चैत्र २६ गते सोमबारका दिन साँझ स्थानिय १४ बर्षिया ‘क्ष कुमारी’ नाम परिवर्तनलाई बाटोमा हिडीरहेको बेला पछाडीबाट समाती घर भित्र लगेर बलात्कार गरेको आरोप लागेको हो ।

नाबालिकाको आफन्तहरुको उजुरीको आधामा प्रहरीले शेरबहादुरलाई २६ गते नै पक्राउ गरी चैत्र २७ गते जबरजस्ती करणी शिर्षक मुद्वा दर्ता गरी अदालतबाट अनुसन्धानको लागि म्याद थप भई आएको पनि सूचना अधिकारी श्रेष्ठले जानकारी दिनुभयो ।

आरोपितलाई अहिले प्रहरीको हिरासतमा राखेर अनुसन्धान थालिएको गोरखा प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology