Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

गोरखा अस्पतालको ५१ औं स्थापना दिवस : ८ महिनामा ६१ हजार भन्दाबढीले लिए सेवा


1.9K
Shares

गोरखा अस्पतालको ५१ औं स्थापना दिवस : ८ महिनामा ६१ हजार भन्दाबढीले लिए सेवा

गोरखा, २६ चैत । गोरखा जिल्लाको पुरानो सरकारी अस्पताल गोरखा अस्पताल गोरखाले आज स्थापनाको ५१ औं बर्ष पूरा गरेको छ । बि.स २०१० सालमा डिसपेन्सरी रुपमा गोरखा संङग्राहलयबाट सेवा सुरु गरेको अस्पताल अहिले ५० शैयामा सञ्चालनमा रहेको छ ।

बार्षिकत्सवको अवसरमा अस्पताल परिष्रमा आयोजित कार्यक्रममा अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डन डा. सिदार्थ खनालले गएको ८ महिनाको अवधीमा अस्पतालबाट ६१ हजारभन्दा बढीले उपचार सेवा लिएको जानकारी दिनुभयो ।

‘‘उक्त अवधीमा बहिरङ्ग सेवा लिनेको संख्या ४० हजार ९२७ जना रहेको छ, उहाँले भन्नुभयो, ‘‘त्यसवाहेक ७ हजार ७२७ जनाले आकस्मिक सेवा लिएका छन् भने एकहजार ९ सय ४९ जनाले अन्तरङ्ग सेवा लिएका छन् ।’’

त्यस्तै फागुन मसान्तसम्ममा ५ सय ६४ जनाले अस्पतालबाट सुरक्षित सुत्केरी गराएको अस्पतालले जनाएको छ । सुत्केरी गराइएका मध्ये ४ सय २५ जनाको सामान्य र १ सय १८ जनाको अप्रेसन गरेर बच्चा जन्माइएको उहाँको भनाई छ ।

अस्पतालबाट ८ महिनाको अवधीमा विभिन्न रोगका गरी ५ सय ३३ जना बिरामीको शल्यक्रिया भएको छ । त्यस्तै ८ हजार ६४ जनाले युएसजी सेवा, ३ हजार ३ सय ६९ जनाले इसिजी सेवा, ३ सय ९६ जनाले इसिएजओ सेवा लिएका छन् भने एक हजार ६ सय ३९ जना फिजियोथेरापी सेवा लिएको उहाँले जानकारी दिनुभयो ।

अस्पतालबाट सोही अवधीमा १० वर्षका मुनिका ७ सय २० जना बालबालिका, ६० वर्ष माथिका ६ सय ३० जना जेष्ठनागरिक, ३० वर्षका माथि उमेर समुहका २२ जना गर्भवती महिला तथा ३ देखि ६ महिनासम्मको गर्भावस्था रहेका ४२ जना गर्भवती महिलालाई निःशुल्क उपचार सेवा प्रदान गरिएको उहाँले बताउनुभयो ।

गोरखा अस्पताल गोरखा बि.स २०२९ चैत २४ गतेदेखि १५ शैयाको रुपमा सञ्चालनमा आएको थियो । पछि विस्तार गर्दै यसलाई अहिले ५० शैयाको अस्पतालको रुपमा सञ्चालित रहेको छ । कार्यक्रममा जिल्ला समन्वयका प्रमुख मोहनबहादुर थापा मगरले अस्पतालको सेवालाई थप सुधार गर्दै लैजान आग्रह गर्नुभयो ।

त्यस्तै गोरखा नगरपालिका नगरप्रमुख कृष्णबहादुर रानामगरले अस्पतालसंगको साझेदारीमा नगरबासीलाई निशुल्क उपचारको व्यवस्था मिलाइएको जानकारी दिदै आगामी दिन थप सहकार्य गरेर अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology