Nagarik Sawal

२०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

झण्डै दश महिनादेखि प्रहरी कार्यालयमा राखिएको ‘क्वार्ज क्रिष्टल’ ऐतिहासिक गोरखा दरबारमा प्रतिस्थापन


1.9K
Shares

झण्डै दश महिनादेखि  प्रहरी कार्यालयमा राखिएको ‘क्वार्ज क्रिष्टल’ ऐतिहासिक गोरखा दरबारमा प्रतिस्थापन

गोरखा, २४ चैत । जिल्ला प्रहरी कार्यालय गोरखाको बिशेष सुरक्षामा गएको दश महिनादेखि प्र्रहरी कार्यालयमा राखिएको टल्कने ढुङगा ‘क्वार्ज क्रिष्टल’ शुक्रबार ऐतिहासिक गोरखा दरबारमा प्रतिस्थापन गरिएको छ ।

दरबार भित्र रहेको तत्कालिन राजा पृथ्वीनारायण शाहको गद्दी कोठामा विशेष सुरक्षाका साथ ‘क्वार्ज क्रिष्टल’ राखिएकोे गोरखा नगरपालिकाका नगरप्रमुख कृष्णबहादुर रानामगरले जानकारी दिनुभयो । ‘‘क्वार्ज क्रिष्टल विशेष सुरक्षायुक्त सिसाको बाकस निर्माण राखिएको छ, उहाँले भन्नुभयो, ‘‘उक्त वाकस टेवलमाथि राख्ने र चौविसैघण्टा निगरानीका लागि सिसी क्यामेरा समेत जडान गरिएको छ ।’’ नगरप्रमुख रानामगरले क्वार्ज क्रिष्टल राख्न लागिएको गद्दी कक्षमा बिशेष बत्तीको व्यवस्था गरिएको छ । ‘‘गद्दी कोठामा राखिएको क्वार्ज क्रिष्टल दरबारमा पुग्ने सवै दर्शनाथीहरु, आन्तरिक तथा बाह्य पर्यटकहरुले भ्यालबाट अवलोकन गर्नसक्ने व्यवस्था मिलाइएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज एक कार्यक्रमका बिच क्वार्ज क्रिष्टल दरबारमा पुनस्थापन गनुभएको हो । महंगो मूल्यमा किनवेच हुन लागको गोप्य सूचनाका आधारमा गएको असार १४ गते गोरखा नगरपालिका–७ सतिपिपलस्थित राममाया शाहीको घरबाट प्रहरीले उक्त क्वार्ज क्रिष्टल बरामद् गरेको थियो । उक्त ‘क्वार्ज क्रिष्टल’ को भूगर्भविद्हरुको टोलीले गोरखामा नै आएर दुईदिन लगाएर परीक्षण गरेका थिए ।

परीक्षणबाट उक्त ढुङ्गा महत्वपूर्ण र बहुमुल्य रत्नपत्थर (क्वार्ज क्रिष्टल) भएको र संसारभरका धातुलाई कडापनका आधारमा १० भागमा वर्गीकरण गर्ने गरिएकोमा बरामद गरिएको ढुङ्गा ७ औं नम्बरमा पर्ने भूगर्भविद्ले जानकारी गराएका थिए । उक्त ढुङ्गा ५२ किलो ३ सय ३० ग्राम रहेको रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology