Nagarik Sawal

२०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

क्वार्ज क्रिष्टलले गोरखाको पर्यटन प्रवद्र्धनमा इट्टा थपिएको छ : प्रधानमन्त्री दाहाल


2K
Shares

क्वार्ज क्रिष्टलले गोरखाको पर्यटन प्रवद्र्धनमा इट्टा थपिएको छ  : प्रधानमन्त्री दाहाल

गोरखा २३ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बहुमूल्य धातु ‘क्वार्ज क्रिष्टल’ ले गोरखाको पर्यटन प्रवद्र्धनमा नयाँ इट्टा थपिएको बताउनु भएको छ । गोरखा नगरपालिका गोरखाको आयोजनामा आज गोरखा दरबार परिषर्मा आयोजित क्वार्ज क्रिष्टल प्रतिस्थापन कार्यक्रममा बोल्दै उहाँले आफैमा एउटा ऐतिहासिक र पुरातात्विक महत्व बोकेको जिल्ला गोरखामा बहुमूल्य धातु क्र्वाज क्रिष्टलको प्रतिस्थापनले यहाँको पर्यटन प्रवद्र्धनमा इट्टा थपिएको बताउनुभयो ।

‘‘क्वार्ज क्रिष्टल प्रतिस्थापनले यसको महत्व र भूमिकालाई अझ व्यापक रुपमा स्थापित गर्छ भन्ने मेरो विश्वास छ, प्रधानमन्त्री दाहालले भन्नुभयो, ‘‘यसबाट गोरखाको पर्यटन विकासमा पनि थप गुणात्मक भूमिका खेल्नेछ ।’’ उहाँले क्वार्ज क्रिष्टलका गम्भीरतापूर्वक सुरक्षा व्यवस्था मिलाउन र ऐतिहासिक स्थललाई थप व्यवस्थित बनाउन सम्बन्धित सवैलाई निर्देशन दिनुभयो ।

तत्कालिन राजा पृथ्वीनारायण शाहको गद्दी कक्षमा क्वार्ज क्रिष्टल प्रतिस्थापन अघि दरबार परिषर्मा उक्त क्वार्ज क्रिष्टलमा शिला पूजा समेत गरिएको थियो । ‘‘ऐतिहासिक तथा पुरातात्विक महत्वको गोरखा दरबारमा बहुमूल्य धातु क्वार्ज क्रिष्टलको प्रतिस्थापन गर्दै गर्दा मैले गणतन्त्र नेपालको घोषणासंगै पहिलो पटक दरबार परिषर्मा आएर यहाँको अवलोकन गर्ने मौका मिलेको थियो, उहाँले भन्नुभयो, ‘‘फेरी अर्को ऐेतिहासिक सन्र्दभमा दरबारमा आएर बहुमूल्य धातु प्रतिस्थापन गर्ने अवसरमा पाएकोमा खुशी छु ।’’

उहाँले गोरखाको ऐतिहासिकतालाई सम्र्बद्धन गर्न आफ्नो ठाउँबाट भूमिका खेल्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । ‘‘गोरखा जिल्लाका जनताले केही ऐतिहासिक विकास कार्य शुभारम्भ होस् भन्ने चाहेका छन्, चाहे त्यो बूढीगण्डकी जलविद्युत आयोजनाको बिषय होस्, चाहे गोरखाकाली रवर उद्योग होस्, चाहे प्राद्यौगिक पार्क निर्माणको कुरा होस्, प्रधानमन्त्री दाहालले भन्नुभयो, ‘‘यि लगायतका बाटोघाटो निर्माण तथा अन्य भौतिक पूर्वाधार विकासमा पनि मेरो ध्यान छ ।’’

गत आर्थिक बर्षमा नीति कार्यक्रम र बजेट निर्माण बनाउने समयमा अर्कै राजनीतिक सन्र्दभमा रहेको सहज स्थित नरहेको भएपनि अहिले बजेट निर्माणमा आफैले कमाण्ड गरीरहेकाले आगामी आर्थिक बर्षमा नयाँ र जनतालाई उत्साहित पार्ने खालको बजेट ल्याउने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology