Nagarik Sawal

२०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

राआवि फिस्लिङको कक्षा ८ को नतिजामा त्रुटी, गल्ती विद्यालयको, दोष मिडियालाई


854
Shares

राआवि फिस्लिङको कक्षा ८ को नतिजामा त्रुटी, गल्ती विद्यालयको, दोष मिडियालाई

कुरिनटार,२२ चैत । चितवनको इच्छाकामना गाउँपालिकाले सार्वजनिक गरेको आधारभुत तह कक्षा ८ को परीक्षाको नतिजामा त्रुटि भेटिएको छ । पालिकाले सार्वजनिक गरेको नतिजा मध्य राष्ट्रिय आधारभुत विद्यालय फिस्लिङको नतिजामा त्रुटि भेटिएको हो ।

पालिकाले मंगलबार सार्वजनिक गरेको नतिजामा ८ वटा विद्यालयको शत प्रतिशत विद्यार्थी उर्तीर्ण भएको थियो । सोहि सार्वजनिक नतिजा बमोजिम बुधबार बिहान स्थानीय मिडियाले समाचार प्रकाशन गरेको थियो । समाचार प्रकाशन भएपछि राष्ट्रिय आधारभुत विद्यालय फिस्लिङको नतिजामा त्रुटि भएको कुरा पत्ता लाग्यो ।

सार्वजनिक गरेको नतिजामा उक्त विद्यालयबाट परीक्षामा सहभागी १६ जना विद्यार्थी मध्य १५ जना उर्तीर्ण भै १ जना विद्यार्थी फेल भएको थियो । तर विद्यालयले नै विद्यार्थीको नतिजा प्रविष्ट गर्ने क्रममा विद्यार्थीको एउटा विषयको प्राप्ताङ्क चढाउने क्रममा ३४ अंक लेख्नुपर्नेमा ३।४ लेखिदिदा नतिजा प्रकाशनमा त्रुटि हुन पुगेको इच्छाकामना गाउँपालिकाको शिक्षा शाखा प्रमुख तारापति खरेलले जानकारी दिनुभयो ।
नतिजा सार्वजनिक भएसँगै मिडियामा समाचार आएपछि विद्यालयले त्रुटि गरेको कुरा पत्ता लागेको उहाँले बताउनुभयो । ‘त्यसपछि उक्त विद्यालयको नतिजा सच्याएर पुनः गाउँपालिकाले नतिजा सार्वजनिक गरेको हो ।’ –उहाँले भन्नुभयो ‘त्रुटि सच्याएपछि राष्ट्रिय आधारभुत विद्यालय फिस्लिङको पनि शतप्रतिशत विद्यार्थी उर्तीण भएको नतिजा देखिएको छ ।’

यता नतिजामा त्रुटि भएको कुरा विद्यालयले समेत स्वीकार गरेको छ । विद्यालयको नतिजामा त्रुटि भएकोले पुनः सच्याएर नतिजा प्रकाशन गरिएको राष्ट्रिय आधारभुत विद्यालय फिस्लिङका सहायक प्रध्यानाध्यापक जित बहादुर गुरुङले बताउनुभयो ।

गल्ती विद्यालयको, दोष मिडियालाई
यसरी गलत नतिजा प्रकाशन हुनुमा विद्यालय दोषी देखिए पनि विद्यालय र उक्त विद्यालयमा कार्यरत शिक्षक भविश्वर गुरुङले स्थानीय मिडियालाई बदनाम गराउने प्रयास गरेको छ ।

शिक्षक भविश्वर गुरुङको फेसबुक आइडी र राष्ट्रिय आधारभुत विद्यालय फिस्लिङ्गको फेसबुक आईडीमा सच्चिएको नतिजा प्रकाशित गर्दै स्थानीय सञ्चारमाध्यमको नाम नै तोकेर सञ्चारमाध्यमले पूर्वाग्राही बन्दै गलत नतिजा सार्वजनिक गरेको भन्दै गम्भिर त्रुटी गरेको दोष लगाएका छन् । विद्यालय र शिक्षकले लगाएको यो आरोप प्रति स्थानीय मिडिया इच्छाकामना एफ एमका स्टेशन प्रमुख दान बहादुर गुरुङले आपत्ति प्रकट गरेको छ । यस विषयमा प्रतिक्रिया दिदै जानाजान विद्यालयको गल्ती हुदाँहुदै मिडियालाई दोषी देखाई बदनाम गराउने उनीहरुको काम प्रति गम्भिर ध्यानाकर्षण भएको उहाँले बताउनुभयो ।

यस विषयमा शिक्षक भविश्वर गुरुङसँग प्रतिक्रिया लिन खोज्दा केही पनि थाहा छैन भन्दै मिडियाकर्मीसँग बोल्न चाहेनन् ।

स्मरण रहोस् केही समय पहिले उनै शिक्षक भविश्वर गुरुङले इच्छाकामना गाउँपालिकामा अवैधानिक रुपमा कानुन मै व्यवस्था नभएको स्रोतव्यक्ति पदमा गाउँपालिकामा नियुक्ती लिई काम गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कारबाहीको प्रक्रिया अगाडी बढाएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology