Nagarik Sawal

२०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

रोजगारीकोलागी मलेशिया पुगेका गोरखाका एक पुरुष बेपत्त


4.7K
Shares

रोजगारीकोलागी मलेशिया पुगेका गोरखाका एक पुरुष बेपत्त

गोरखा, २२ चैत । बैदेशिक रोजगारीकालागि मेलेशिया पुगेका गोरखाका गंगा लामा सम्पर्क विहीन भएका छन् । पालुङटार नगरपालिका–१ खोप्लाङका लामा परिवार र साथीसंगी संग सम्पर्क विहीन भएका हुन् ।

मंसिर १२ गते मंगलबार नेपालबाट मलेशियाकालागि उडेका लामा कहाँ छ्न्, के गरीरहेका छन् अत्तोपत्तो नभएको उनका श्रीमती कुमारी लामाले बताईन ।

रोजगारीमा गएदेखी आजसम्म पनि श्रीमानले सम्पर्क नगरेको भन्दै उनले खोजी कार्यकालागि दुताबासमा समेत निवेदन बुझाएको बताईन । वडाध्य कृण्णबहादुर परियारका अनुसार श्रीमती कुमारी लामाले श्रीमानको खोजीकोलागि पहल गरिदिन अनुरोध गरे लगत्तै गएको सोमबार खोजतलासकालागि दुवातासलाई पत्राचार गर्ने काम भएको बताउनुभयो ।

नेपाली राहदानी नम्बर ०९५०३२१७ रहेका उनी क्यखभचभष्लन ःबचष्तष्mभकभचखष्अभ ९ः० क्म्ल्।द्यज्म् कम्पनीको सुरक्षाकर्मीको रुपमा रोजगारीकालागि मलेशिया गएको पनि श्रीमती कुमारी लामाले जानकारी दिईन । कुमारीले श्रीमान फेला परे वा कुनै अवस्थामा देखिए सम्बन्धित निकाय वा मोबाईल नम्बर ९८१६६५१६९३ मा खबर गरिदिन अपिल गरेकी छिन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology