Nagarik Sawal

२०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

गोरखाको पालुङटार नगरपालिकालाई सम्भव नेपालले दियो एम्बुलेन्स


2.3K
Shares

गोरखाको पालुङटार नगरपालिकालाई सम्भव नेपालले दियो एम्बुलेन्स

गोरखा,२१ चैत । संम्भव नेपाल नामक गैर सरकारी संस्थाले गोरखाको पालुङटार नगरपालिकालाई १ थान एम्बुलेन्स उपलब्ध गराएको छ । हिजो एक कार्यक्रमका बिच पालिकालाई उक्त संख्थाले एम्बुलेन्स हस्तान्तरण गरेको हो ।

‘हिमालयन एम्बुलेन्स परियोजना दोस्रो चरण’ कार्यक्रम अन्तरर्गत सम्भब नेपालले पालुङटार नगरपालिकालाई एम्बुलेन्स हस्तान्तरण गरिएको सम्भव नेपालले जनाएको छ । उक्त एम्बुलेन्स आज एक कार्यक्रम नगर प्रमुख विवस चिन्तनलाई एम्बुलेन्सको साँचो सहित स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको थियो ।

सम्भव नेपालले जिल्लाको विभिन्न पालिकालाई यस अघि पौष २० गते एम्बुलेन्स हस्तान्तरण गरेको भएता पनि प्राविधिक कारणले पालुङटार नगरपालिकाको नाममा रहेको एम्बुलेन्स भने हस्तान्तरण हुन पाएको थिएन ।

हस्तान्तरण कार्यक्रममा पालिका उपप्रमुख बन्दना पाण्डे, प्रमुख प्रशासकीय अधिकृत गौतम भण्डारी, नगर शिक्षा अधिकारी पुर्णबहादुर नेपाली, वडा ३, ४ र ५ का वडा अध्यक्ष क्रमशं रबिन्द्र अधिकारी, मानबहादुर पौडेल र दिपक पाण्डे तथा पालिकाका कर्मचारीहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा संम्भव नेपालबाट प्राप्त एम्बुलेन्सले पालुङटार नगरपालिकाका नगरवासीलाई सेवा दिने पालिका प्रमुख विवश चिन्तनले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology