Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

पक्राउ परेका माओवादी नेता खामलाई आजै चितवन लगिने


1.4K
Shares

पक्राउ परेका माओवादी नेता खामलाई आजै चितवन लगिने

काठमाडौं, २० चैत । हत्या अभियोगमा पक्राउ परेका नेकपा माओवादी केन्द्रका नेता कालीबहादुर खामलाई आजै चितवन पठाइने भएको छ । आज मंगलबार उनी काठमाडौंको ठमेलबाट पक्राउ परेका थिए । उनीमाथि काठमाडौं–३२ कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठको हत्यामा संलग्न रहेको आरोप छ ।

विगत १५ वर्षदेखि फरार सूचीमा हरेको खामलाई आज प्रहरीले पक्राउ गरेको थियो । खामसहितको टोलीले श्रेष्ठलाई उनको निवास कोटेश्वरबाट अपहरण गरी चितवनमा पुर्याइ हत्या गरेका बताइएको छ ।

मृतक श्रेष्ठको शव २०६५ वैशाख २८ मा नारायणी नदीमा भेटिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology