Nagarik Sawal

२०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

गोरखामा आत्महत्या दुरुत्साहन मुद्वामा एकै पटक ४ जना पक्राउ


1.8K
Shares

गोरखामा आत्महत्या दुरुत्साहन मुद्वामा एकै पटक ४ जना पक्राउ

गोरखा, २० चैत । गोरखामा ७१ बर्षिय पुरुषको आत्माहत्या दुरुत्साहन मुद्वामा प्रहरीले एकै पटक ४ जना बिरुद्व मुद्वा दर्ता गराएको छ । जिल्लाको सिरानचोक गाउँपालिका–७ अमिले डाँडाका मनबहादुर खड्काले आत्माहत्या गरेपछी एकै पटकमा प्रहरीले ४ जनालाई पक्राउ गरी आत्माहत्या दुरुत्साहन मुद्वा दर्ता गरेको हो ।

प्रहरीले सिरानचोक गाउँपालिका–७ सिम्ले बस्ने बर्ष ५५ की बुद्धिकुमारी गुरुङ, बर्ष ६० को रुपकाजी भन्ने सन्तबहादुर गुरुङ, बर्ष ४५ की मिनु गुरुङ र बर्ष ४५ की पुष्पाकुमारी गुरुङलाई पक्राउ गरी मुद्वा दर्ता गराएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक एवं सूचना अधिकारी रमेशकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार गएको चैत्र १७ गते शनिबार अमिले डाँडाका ७१ बर्षिय खड्काले खनायोको रुखमा डोरीको पासो लगाएर आत्माहत्या गरेका थिए । सोही मुद्वामा उनका छोराले आफ्ना बुवालाई आत्माहत्या गर्न बाध्य पारिएको भन्दै प्रहरीमा किटानी जाहेरी दिए लगत्तै चारै जनालाई प्रहरीले चैत्र १८ गते आईतबार पकाउ गरी चैत्र १९ गते सोमबार अदालतबाट अनुसन्धानका लागि म्याद थप गराएको पनि सूचना अधिकारी श्रेष्ठले बताउनुभयो ।

पक्राउ परेका चारै जनालाई विरुद्ध आत्महत्या गर्न दुरुत्साहन दिएको कसूर शीर्षकमा मुद्दा दर्ता गरी प्रहरीको हिरासतमा राखी अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology