Nagarik Sawal

२०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

रुसी सेनामा भर्ती भएका परिवारले सिंहदरबार अगाडि गरे प्रदर्शन, १६ जना पक्राउ


2.2K
Shares

रुसी सेनामा भर्ती भएका परिवारले सिंहदरबार अगाडि गरे प्रदर्शन, १६ जना पक्राउ

काठमाडौं , १९ चैत । रुसी सेनामा भर्ती भएका नेपालीका परिवारले सिंहदरबारको दक्षिण गेट अगाडि विरोध प्रदर्शन गरेका छन् । सोमबार विहान साढे १० बजे उनीहरुले प्रदर्शन गरेका हुन् ।

प्रदर्शन गर्नेमध्ये १६ जनालाई प्रहरीले पक्राउ गरेको रुसी सेनामा भर्ती भएका नेपालीलाई फिर्ता ल्याउन अभियान चलाएकी कृतु भण्डारीले बाह्रखरीलाई बताइन् ।

“प्रहरीले प्रदर्शन गरिरहेका मलगायत १६ जनालाई पक्राउ गरेको छ,” भण्डारीले भनिन्, “त्यसमा १८ महिनाको बच्चा पनि छन् ।”

पक्राउ पर्नेमा कृतु भण्डारी, टेक बटाला, सोनुलाल यादब, चादनी बिष्ट, गोमा राई, जानुका सुनुवार, सम्झना अधिकारी, जशुधन राई, रोजी पुन, गिता घर्ती मगर, बुद्धिमाया ब्रामु, साता सुनुवार, उमेश तामाङ, गोकर्ण राई, मीनबहादुर दाहाल र १८ महिनाका जेनिश पुन रहेका छन् ।

रुसी सेनामा भर्ती भएका नेपालीको सकुशल उद्दार गरी नेपाल ल्याउन, युद्धमा घाईते नेपालीको उचित उपचार, क्षतिपुर्ति र नेपाल ल्याउने व्यवस्थाको माग गर्दै उनीहरुले प्रदर्शन गरेका थिए । मृतकको शव ल्याउने र क्षतिपुर्तिसहित रुसी सेनाबाट पाउने तलब, भत्ता उपलब्ध गराउन र वेपत्ताको अवस्था खोजी गर्न विधि र प्रक्रिया घोषणा गरी तत्काल कार्यान्वयन गर्न समेत उनीहरुको माग छ ।

उनीहरुको अन्य मागमा रुसी सेनामा कार्यरत नेपाली नागरिकको तथ्याङ्क सार्वजनिक गर्नुपर्ने, प्रलोभनमा पारि रुस पठाउने बिचौलियाको पहिचान गरी तत्काल कारवाही गर्नुपर्ने, नेपालीहरुको उद्दार नभइसकेको अवस्थामा रुस जाने श्रम स्विकृति तत्काल खारेज गर्नुपर्ने, पीडित परिवारको उद्दार, राहत र पुनःस्थापनाका लागि मन्त्रिस्तरीय समन्वय समिति गठन गर्नुपर्ने रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology