Nagarik Sawal

२०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

काठमाडौंबाट गोरखा जाँदै गरेको ट्याक्सी त्रिशूलीमा खस्यो, ५ जनाको मृत्यु


3.8K
Shares

काठमाडौंबाट गोरखा जाँदै गरेको ट्याक्सी त्रिशूलीमा खस्यो, ५ जनाको मृत्यु

मुग्लिन, १७ चैत । काठमाडौंबाट गोरखा जाँदै गरेको ट्याक्सी त्रिशूली नदीमा खसेको छ । आज बिहान इच्छाकामना गाउँपालिकाको मुग्लिन बजारबाट एक किलोमिटर कुरिनटारतर्फको सडकबाट ट्याक्सी नदीमा खसेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता डीएसपी श्रीराम भण्डारीले जानकारी दिनुभयो ।

उनका अनुसार ट्याक्सीमा चालकसहित ५ जना यात्रु रहेको अनुमान गरिए पनि यकिन संख्या थाहा छैन । अहिले प्रहरी घटनास्थलमा पुगेर उद्धारमा जुटेको छ । सशस्त्र प्रहरीको विपद् व्यवस्थापन गण कुरिनटारको टोलीले घटनास्थलमा पुगेर ट्याक्सीमा सवार यात्रुहरूको खोजी थालेको छ ।

प्रहरीका अनुसार काठमाडौँबाट गोरखा जाँदै गरेको बा २ झ ४१९६ नम्बरको ट्याक्सी त्रिशूली नदीमा खसेको हो । दुर्घटनामा ५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाको थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology