कोरोना भाइरस (कोभिड-१९) सङ्क्रमणका कारण विश्वभर सङ्क्रमितको सङ्ख्या ६ लाख नाघेको छ। पछिल्लो तथ्याङ्कअनुसार सन् २०१९ डिसेम्बर अन्तिम साता यता हालसम्म विश्वभर ६ लाख ८ सय ५९ जनामा कोराना भाइरसको सङ्क्रमण भएको पुष्टि भएको छ। सङ्क्रमितमध्ये ४.५६ प्रतिशतको मृत्यु भएको छ।
वल्डोमिटरको तथ्याङ्कअनुसार कोरोना भाइरसका कारण शनिबार दिउँसोसम्म विश्वभर २७ हजार ४ सय १७ जनाले ज्यान गुमाएका छन्। हालसम्म १ लाख ३३ हजार ४ सय २६ सङ्क्रमित उपचारपछि निको भई घर फर्केका छन्।
अहिले विश्वका विभिन्न अस्पतालमा ४ लाख ४० हजार १६ जना कोरोना सङ्क्रमित उपचारत छन्। यीमध्ये ४ लाख १६ हजार ४ सय ५६ को अवस्था सामान्य छ भने २३ हजार ५ सय ६० जनाको अवस्था गम्भीर रहेको छ।
कोरोनाबाट अमेरिका, चीन, इटाली, स्पेन, जर्मनी, फ्रान्स, इरान, बेलायत, स्वीट्जरल्यान्ड र दक्षिण कोरिया सबैभन्दा बढी प्रभावित भएका छन्। कोरोना भाइरसका सङ्क्रमित सबैभन्दा बढी अमेरिकामा देखिएका छन् भने मृत्यु इटालीमा भएको छ।
कोरोना भाइरस पहिलोपटक सन् २०१९ डिसेम्बर अन्तिम साता चीनको उहानमा देखिएको थियो। त्यसयता यो भाइरस विश्वका १ सय ९९ देशमा पुगेको छ। कोरोनाबाट अमेरिका, चीन, इटाली, स्पेन, जर्मनी, फ्रान्स, इरान, बेलायत, स्वीट्जरल्यान्ड र दक्षिण कोरिया सबैभन्दा बढी प्रभावित भएका छन्।
कोरोना भाइरसका सङ्क्रमित सबैभन्दा बढी अमेरिकामा देखिएका छन् भने मृत्यु इटालीमा भएको छ। अमेरिकामा १ लाख ४ हजार २ सय ५६ जनामा कोरोनाको सङ्क्रमण देखिएको छ, जसमध्ये १ हजार ७ सय ४ जनाको मृत्यु भएको छ। इटालीमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको सङ्ख्या ९ हजार १ सय ३४ पुगेको छ। इटालीमा कोराना सङ्क्रमितको सङ्ख्या ८६ हजार ४ सय ९८ पुगेको छ।
स्पेनमा कोरोना सङ्क्रमितको सङ्ख्या ६५ हजार ७ सय १९ पुगेको छ भने ५ हजार १ सय ३८ जनाको मृत्यु भएको छ। जर्मनीमा ५३ हजार ३ सय ४० जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ। यीमध्ये ३ सय ९५ जनाको मृत्यु भइसकेको छ।
फ्रान्समा कोरोना सङ्क्रमितको सङ्ख्या ३२ हजार ९ सय ६४ रहेको छ जसमध्ये १ हजार ९ सय ९५ जनाको मृत्यु भइसकेको छ। यस्तै, इरानमा ३२ हजार ३ सय २ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ। यीमध्ये २ हजार ३ सय ७८ जनाको मृत्यु भइसकेको छ।