Nagarik Sawal

२०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

नयाँ दिल्लीको म्याक्स अस्पतालमा आरजु देउवाको शल्यक्रिया


1.8K
Shares

नयाँ दिल्लीको म्याक्स अस्पतालमा आरजु देउवाको शल्यक्रिया

काठमाडौं, १५ चैत । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा देउवाको भारतको नयाँदिल्लीको साकेतस्थित म्याक्स अस्पतालमा उपचार गरिएको छ ।

आरजुको बुधबार हाइपर प्याराथाइराइडिज्मको शल्यक्रिया गरिएको उनका स्वकीय सचिव कमल रावलले बताउनुभयो । गत चैत २ गते आरजु नयाँदिल्ली गएकी थिइन् ।

दुई वर्षदेखि उनले नयाँ दिल्लीका अस्पतालमा फलोअप गरिरहेकी थिइन् । आरजुको स्वास्थ्य सुधारोन्मुख रहेको र केही समय अस्पतालमै रहने उनको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology