Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

गोरखा नगरपालिकाद्धारा प्रधानमन्त्रीसंग तीन अर्ब भन्दाबढीको बजेट माग


2.2K
Shares

गोरखा नगरपालिकाद्धारा प्रधानमन्त्रीसंग तीन अर्ब भन्दाबढीको बजेट माग

गोरखा, १५ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)संग गोरखा नगरपालिकाका जनप्रतिनिधि सहितको टोलीले सिंहदरवारमा आज भेटघाट गरी नगरक्षेत्रको विकासका लागि बिभिन्न योजनाहरुको प्रस्ताव गर्दै करिब तीन अर्ब रुपैया भन्दाबढीको बजेट बिनियोजनको माग गरेका छन् ।

गोरखा क्षेत्र नम्बर २ का प्रतिनिधिसभाका सांसद समेत रहनु भएका प्रधानमन्त्री दाहाललाई भेटेर विगतदेखि बर्तमानसम्मको आधुनिक नेपालको इतिहास झल्कने गरी गोरखामा ऐतिहासिक संङग्राहलय पार्क निर्माण सहित अन्य दीर्धकालिन योजनाको प्रस्ताव गर्दै बजेट माग गरिएको नगरप्रमुख कृष्णबहादुर रानामगरले जानकारी दिनुभयो ।

‘‘पृथ्वीनारायण शाहको इतिहासदेखि गणतन्त्र नेपालसम्मको इतिहासलाई एकै ठाउँमा देख्न र अध्ययन गर्न पाइने गरी ऐतिहासिक संङग्राहलय पार्क निर्माणको प्रस्ताव प्रधानमन्त्री समक्ष गरेका छौ, उहाँले भन्नुभयो, त्यसवाहेक नगरपालिका भित्र सडक स्तरोन्नती, छेवेटार वहुउद्देस्सीय ताल निर्माण लगायतका योजनाहरु पनि माग गरिएका योजनाहरुमा परेका छन् ।’’

त्यस्तै ऐतिहासिक ठूलोआँगन क्षेत्रमा सम्पदा वस्ती निर्माणका लागि रु ५० करोड, वेनीखोला मत्स्य पर्यटन केन्द्र निर्माणका लागि रु १० करोड, गोरखा सदरमुकामको बसर्पाकदेखि खोलखोलेसम्म आधुनिकस्तरको फुटपाथ सहितको सडक निर्माणका लागि रु २० करोड, शिखरवेशी ताल निर्माणका लागि रु ५० करोड बराबरको योजना पेश गरी बजेट माग गरिएको उहाँँले बताउनुभयो ।

त्यस्तै संघीय सरकारले गर्नुपर्ने नगरपालिका भित्रका बिभिन्न सडक स्तरोन्नतीका लागि समेत योजना प्रस्ताव गरि बजेट विनियोजनको माग गरिएको छ । स्रोत सुनिश्चित नहुँदा रोकिएको रु ९० करोडको गोरखा सदरमुकामको ढल व्यवस्थापनको योजना, रु १७ करोड दरौँदी लिफ्टिङ योजनाका लागि स्रोत सुनिश्चित गरिदिन पनि नगरकार्यपालिकाले टोलीले प्रधानमन्त्री दाहालसंग माग गरेको छ ।

नगरपालिकाले राखेको माग प्रति प्रधानमन्त्री दाहाल सकारात्मक हुनुभएको नगरप्रमुख रानामगरको भनाई छ । प्रधानमन्त्री दाहाललाई भेट्न नगरप्रमुख रानामगर सहित, उपप्रमुख मसलीमाया थोकर (सपना पुन) प्रमुख प्रशासकिय अधिकृत कृष्णप्रसाद सुवेदी, संविधान सभाका सदस्य अमर तमु, नगरकार्यपालिका सदस्यहरु लगायत सिंहदरवार पुगेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology