Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

नेपालका २३ जना विद्यार्थीले जपानबाट एसईई दिँदै


1.4K
Shares

नेपालका २३ जना विद्यार्थीले जपानबाट एसईई दिँदै

काठमाडौँ, १३ चैत । चैत १५ गतेदेखि माध्यमिक शिक्षा परीक्षा एसईई हुँदै छ । देशभरबाट पाँच लाख भन्दा बढी विद्यार्थीहरू एसईई दिने तयारीमा छन् । त्यसका लागि देशभर दुई हजार ६४ परीक्षा केन्द्र तोकिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । बोर्डका परीक्षा नियन्त्रक नन्दलाल पौडेलका अनुसार नेपाल बाहिर एउटा परीक्षा केन्द्र छ ।

जापानबाट २३ जना नेपाली विद्यार्थीले एसईई दिन लागेका छन् । केही वर्षयता जापानमा पनि एसईई लिँदै आएको छ । जापानको एभरेस्ट स्कुलमा नेपाली विद्यार्थीहरू पढ्दै आएका छन् ।

त्यही स्कुलका विद्यार्थीका लागि परीक्षा केन्द्र तोकिएको हो । उक्त परीक्षा केन्द्रको जापानस्थित नेपाली दूतावासले परीक्षाको अनुगमन गर्नेछ । परीक्षा नियन्त्रक पौडेलले त्यही स्कुलको प्रिन्सिपललाई केन्द्राध्यक्षको जिम्मेवारी दिइएको छ ।

हुलाकमा मार्फत उत्तर पुस्तिका पठाइएको छ भने मेलमार्फत प्रश्नपत्र पठाइने परीक्षा नियन्त्रक पौडेलले बताउनुभयो । विगतमा नेपालबाटै परीक्षाको निरीक्षण गर्न जाने गरेको थियो । तर, यो वर्ष भने बोर्डबाट कोही पनि नगएको उहााको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology