गोरखा, १३ चैत । गोरखामा १३ बर्षिया नाबालिलाई जबरजस्ती करणी उद्योगको अभियोगमा १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखा नगरपालिका वडा नम्बर १० बिरेनचोक घर भएका ऐ ऐ बस्ने बर्ष २२ का मदन थापा मगर भएको जिल्ला प्रहरी कार्यलय गोरखाका प्रहरी नायक उपरिक्षक एबम् सुचना अधिकारी रमेश कुमार श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँका अनुसार आरोपितले नाबालिका नाम परिवर्तित ह कुमारीलाई रातको समयमा एकान्त स्थानमा भेट्न बोलाई जबरजस्ती करणी उद्योग गरेको घटनामा पीडितको आमा मार्फत जाहेरी दरखास्त भएको हो ।
निजलाई चैत १२ गते पक्राउ गरी जबरजस्ती करणी उद्योग कसूर शीर्षकमा मुद्दा दर्ता गरी गोरखा जिल्ला अदालतबाट हिरासतमा राखी अनुसन्धान गर्न म्याद थप अनुमती समेत लिई उक्त घटनाको थप अनुसन्धान भई प्रहरीले जनाएको छ ।