Nagarik Sawal

२०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

गोरखामा ५ वर्षीया नाबालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा १२ वर्षीय बालक पक्राउ


1.8K
Shares

गोरखामा ५ वर्षीया नाबालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा १२ वर्षीय बालक पक्राउ

गोरखा,१२ चैत । पाँच वर्षीया नाबालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा १२ वर्षीय बालकलाई जिल्ला प्रहरी कार्यालय गोरखाले आफ्नो नियन्त्रणमा लिएको छ ।

पक्रउ पर्नेमा गोरखा नगरपालिका वडा नम्बर १२ का नाम परिर्बतित ण कुमार रहेको जिल्ला प्रहरी कार्यलय गोरखाका प्रहरी नायब उपरीक्षक एबम् सुचना अधिकारी रमेश कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार नाम परिर्बतित ष कुमारीलाई आईतबार साँझको समयमा खेल्न भनी घर बाहिर रहेकी बालिकालाई अँध्यारो हुनेबेला अभियुक्त बालकले ललाइफकाई जबर्जस्ती करणी गरेको पीडितकी आमाले दिएको जाहेरीमा उल्लेख गरीको छ ।

सोही जाहेरकिो आधारमा निजलाई जबरजस्ती करणी कसूर शीर्षकमा मुद्दा दर्ता गरी गोरखा जिल्ला अदालत गोरखाबाट निगरानी कक्षमा राखी अनुसन्धान गर्न म्याद थप गरेको जिल्ला प्रहरी कार्यलय गोरखाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology