धनगढी,१२ चैत । अछाममा ट्याक्टर दुर्घटना हुँदा मृत्यु भएका पाँच जनाको सनाखत भएको छ । ज्यान गुमाउने पाँचै जना एकै वडाका रहेको जिल्ला प्रहरी कार्यालय अछामका डिएसपी सन्तोष पाठकले जानकारी दिनुभयो ।
मेल्लेख गाउँपालिका वडा नम्बर ७ सुयडीमा साँफेबगर जाँदै गरेको सु(प्र(०१००२ च ४९७९ नम्बरको ट्याक्टर अनियन्त्रित भई दुर्घटनामा परेको हो। ट्याक्टर सडकबाट ५० मिटर तल खसेको थियो ।
घटनास्थलमै ज्यान गुमाउने पाँचै जना मजदुर हुन् । मेल्लेख गाउँपालिका–१ ऋषिदहका ५५ वर्षीय रंग धामी, १५ वर्षीय जनक धामी, ४५ वर्षीय प्रेम धामी, ३७ वर्षीय नरबहादुर धामी र २१ वर्षीय जनक धामी छन्। उनीहरू साँफेबगरमा विभिन्न निर्माणाधीन संरचना बनाउने साइटमा मजदुरी गर्न जाँदै थिए ।
ट्याक्टरमै सवार तीन जना घाइते समेत छन् । घाइते हुनेमा सोही ठाउँका ४२ वर्षीय लालबहादुर धामी, ४० वर्षीय हंस धामी र १५ वर्षीय देवेन्द्र धामी छन् । घाइते तीनै जनालाई उपचारका लागि बयलपाटा अस्पताल लगिएको प्रहरीले जनाएको छ । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।