Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

गोरखामा पछिल्लो आठ महिनामा १३० जना क्षयरोगी फेला


1.3K
Shares

गोरखामा पछिल्लो आठ महिनामा १३० जना क्षयरोगी फेला

गोरखा, ११ चैत । गोरखाको विभिन्न क्षेत्रमा साउन यता १३० जना क्षयरोगी फेला परेका छन् । स्वास्थ्य कार्यालय गोरखाले विश्व क्षय रोग दिवश २०२४ को पूर्व सन्ध्यामा हिजो पत्रकार सम्मेलन गरेर उक्त संख्याका जिल्ला भित्र क्षयरोगी फेला परेको जानकारी दिएको हो ।

जिल्लामा कार्यरत सञ्चारकर्मीहरुलाई अभिमुखीकरण गराउदै कार्यालयले जिल्ला भित्रको ११ स्थानिय तहमा साउन महिनादेखी फागुन मसान्तसम्ममा १३० जना क्षय रोगीको पहिचान गरेको फोकल पर्सन नारायणबावु अर्यालले जानकारी दिनुभयो । उहाँका अनुसार पहिचान भएका सबै रोगीहरुलाई स्थानिय स्वास्थ्य संस्थाबाट निशुल्क औषधी खुवाउने काम भई रहेको पनि बताउनुभयो ।

नेपाल सरकार राष्ट्रिय क्षय रोग केन्द्रले दिएको लक्ष्य अनुसार जिल्लामा यो आर्थिक बर्ष ५३५ जना रोगीको पहिचान गनुपर्नेमा हालसम्म २४ प्रतिशत सफलता मिलेको फोकल पर्सन अर्यालले बताए । ‘लक्ष्य अनुसारको काम गर्न स्थानिय तहले नसक्दा यो अवस्था आएको’ भन्दै उहाँले भन्नुभयो ‘असार मसान्तसम्म कती पहिचान गर्न सकिन्छ बल्ल प्रतिशतका आधारमा सफलता प्राप्त हुने छ ।’

केन्द्रले जिल्लाई दिएको लक्ष्य अनुसार चुमनुब्री गाउँपालिकामा १३ जना, अजिरकोट २७ जना, बारपाकसुलिकोट ४८ जना, धार्चे ३० जना, आरुघाट ४५ जना, भिमसेन थापा ३६ जना र पालुङटार नगरपालिकामा ८३ जनाको पहिचान हुनुपर्ने थियो । स्वास्थ्य संस्थाको सुस्त काम गराईका कारण क्रमश ति पालिकाहरुमा ५, ६, १०, ११, १५, ५ र १६ जना मात्र पहिचान भएका छन् ।

त्यस्तैगरी, गोरखा नगरपालिकामा ११७ जनाको पहिचान गनुपर्नेमा ३८ जना, शहिदलखन गाउँपालिकामा ५० जना पहिचान गनुपर्नेमा ८ जना, गण्डकीमा ४५ जनामा ७ जना र सिरानचोकमा ४२ जनामा ९ जनाको मात्र रोग पहिचान भएको पनि अभिमुखीकरण कार्यक्रममा जानकारी गराईएको थियो ।

क्षयरोग नियन्त्रण विधी अनुसार एकाघरको परिवारमा रोग देखिएमा त्यस्ता घरमा रहेका ५ बर्षसम्मका बालबालिकाहरुमा रोग नदेखिए पनि ३ महिना नियमीत औषधी खानुपर्ने हुन्छ ।

रोग देखिएका ब्यक्तिले नियमीत रुपमा ७ दिन औषधी सेवन गर्दा अरुलाई रोग सार्ने क्षमतामा ८० प्रतिशत कमी आउने र १४ दिन नियमीत औषधी सेवन गरेका रोगीबाट रोग सर्ने क्षमता हुदै नहुने पनि फोकल पर्सन नारायणबावु अर्यालले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology