गोरखा, ११ चैत । उत्तरी गोरखाको बारपाकमा रहेको बारपाक इङ्लिस बोर्डिङ स्कुलमा गएराती आगलागी भएको छ । आगलागी शुक्रबार राती भएको जिल्ला प्रहरी कार्याल गोरखाका प्रहरी नायब उपरिक्षक एवं सूचना अधिकार रमेशकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँका अनसार बारपाक सुलिकोट गाउँपालिका–२ को बारपाक बजारमा रहेको उक्त बोर्डिङमा आगलागीबाट २ वटा प्रिन्टर र कागजपत्रमा क्षती पुगेको छ ।
आगलागी पछी प्रहरीलाई शनिबार बिहान १०ः३० बजे खबर आएको र प्रहरीले अनुसन्धान थालेको पनि सूचना अधिकारी श्रेष्ठले बताए । ‘आगलागीको अवस्था हेर्दा संकास्पद देखिन्छ’ उहाँले भन्नुभयो ‘हामीले अनुसन्धान सुरु गरेका छौ ।
दोषी चाढै पत्ता लाग्छ ।’ सोही बोर्डिङमा गएको चैत्र ३ गते पनि आगलागी भएको थियो ।