Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

कोरोनाको त्रासले बिश्वभर उद्योग कलकारखना ठप्प भएपछि ओजनतहमा सुधार


5.9K
Shares

कोरोनाको त्रासले बिश्वभर उद्योग कलकारखना ठप्प भएपछि ओजनतहमा सुधार

एजेन्सी । बिश्वभर फैलिएदै गएको कोरोना भाइरसको त्रासका कारण उद्योग, कलकारखना बन्द भएपछि पछिल्लो समय ओजोनको तहमा सुधार आइरहेको एक अध्ययनले देखाएको छ । कोलोराडो बोउल्डर यूनिभर्सिटीले गरेको एक अनुसन्धानले अन्टार्कटिकाभन्दा माथिको ओजोन तहमा निरन्तर सुधार आइरहेको देखाएको हो ।

वैज्ञानिकहरुका अनुसार अहिले दक्षिणी गोलार्धको वायुमण्डलमा देखिँदै आएको धेरै जोखिमपूर्ण परिवर्तन रोकिएका छन् । तर, यो परिवर्तन अस्थायी मात्र पनि हुन सक्ने उनीहरुले बताएका छन् । पछिल्लो समय कार्बन उत्सर्जनमा विश्वभर कमी आइरहेकाले यस्तो परिवर्तन देखिएको हुन सक्ने बताइएको छ ।

सन् १९८० को दशकको अन्तिममा देखिएको ओजोन तहको क्षयीकरणले दक्षिणी वायु थप दक्षिणतर्फ बहिरहेको छ । यसले वर्षाको चक्र र समुद्री छालको गतिमा परिवर्तन देखिँदै आएको छ ।यो समाचार चीनबाट फैलिएको कोरोना भाइरस कोभिड–१९ सँग सम्बन्धित नरहेको बताइएको छ । तर, विश्वभर हानिकारक ग्यास उत्सर्जनमा कमी आएको कारण वातावरणमा केही सकारात्मक असर भने देखिएको छ

यो परिवर्तनपछि ओजोन क्षयीकरण गर्ने वस्तुको उत्पादनमा रोक लगाउने गरी सन् १९८७ मा मोन्टरियल प्रोटोकल ल्याइयो । यसले अहिले भने काम गरिरहेको देखिएको छ । पछिल्लो समय स्याटेलाइट दृश्यको अवलोकन र जलवायुको पछिल्लो अवस्थाले ओजोन तह सुधार हुँदै गएको देखाएको कोलोराडो बोउल्डर यूनिभर्सिटीकी अन्तरा बनर्जी बताउँछिन् ।

बनर्जीका अनुसार ओजोन तह सन् २०३० को दशकसम्म उत्तरी गोलार्धमा पूर्णरुपमा १९८० को दशकको अवस्थामा आउनेछ । दक्षिणी गोलार्धमा भने उक्त अवस्थामा आउन सन् २०५० सम्म लाग्नेछ । विशेषगरी अन्टार्टिक होल पुरिन भने सन् २०६० को दशक कुर्नुपर्ने अपेक्षा छ ।

वैज्ञानिकहरुका अनुसार ओजोन क्षयीकरण गर्ने तत्वहरु निकै लामो समयसम्म रहन्छन् । त्यसैले अबको केही दशकसम्म ओजोन तह पहिलाको जस्तो अवस्थामा फर्किन सक्दैन ।यो समाचार चीनबाट फैलिएको कोरोना भाइरस कोभिड–१९ सँग सम्बन्धित नरहेको बताइएको छ । तर, विश्वभर हानिकारक ग्यास उत्सर्जनमा कमी आएको कारण वातावरणमा केही सकारात्मक असर भने देखिएको छ ।

भाइरसको कारण अहिले उल्लेख्य मात्रामा आर्थिक गतिविधि रोकिएका छन् । यसले कार्बनडाइअक्साइड उत्सर्जनमा उल्लेख्य कमी आएको विश्व मौसम विज्ञान संगठन -डब्ल्यूएमओ-ले बताएको छ । डब्ल्यूएमओले शुक्रबार एक विज्ञप्ति जारी गर्दै कार्बन उत्सर्जनमा कमी आउनुको अर्थ जलवायु परिवर्तनको लडाइँ रोक्नुपर्छ भन्ने नरहेको उल्लेख गरेको छ ।

अन्य केही अध्ययनले पनि पछिल्लो समय कार्बन उत्सर्जन सोचेको भन्दा निकै सुस्त गतिमा बढेको देखाएका छन् ।अनलाईन खबरबाट साभार

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology